भरतपुर क्यान्सर अस्पताललाई शैक्षिक प्रतिष्ठान मातहत जाने

भरतपुर क्यान्सर अस्पताललाई शैक्षिक प्रतिष्ठान मातहत जाने

  • शनिबार, पुस २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

 काठमाण्डौ पुष २३ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरलाई दक्ष जनशक्ति उत्पादन गर्न शैक्षिक प्रतिष्ठानका रुपमा लैजान कार्य थाल्ने निर्णय गरेको छ ।

आज राजधानीमा बसेको सञ्चालक समितिको बैठकले क्यान्सर अस्पतालमा दक्ष जनशक्ति अभाव भएकाले पहिलेदेखिकै योजनालाई मूर्तरुप दिन कार्य थाल्ने निर्णय गरेको हो । अस्पताल सञ्चालक समितिका अध्यक्ष डा प्रकाशराज न्यौपानेले आफूहरुसँग २० वर्षको अनुभव भएकाले यसलाई शैक्षिक प्रतिष्ठानका रुपमा लैजान स्वास्थ्यमन्त्री गगनकुमार थापा सकारात्मक भएको र योजना बनाएर ल्याउन भनेको जानकारी दिनुभयो ।

आज बसेको बैठकले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम गर्न रोक लगाउने निर्णय गरेको छ । अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी निजी क्लिनिकमा केन्द्रित हुन थालेपछि अस्पताल अस्तव्यस्त बनेको गुनासो बढेपछि  अस्पताल सुधार्ने अभियानअन्तर्गत स्वास्थ्य मन्त्रालयको निर्देशनअनुरुप अस्पतालमा सो व्यवस्था लागू गर्न लागिएको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी