कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आठ महिनादेखि पदाधिकारीविहीन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आठ महिनादेखि पदाधिकारीविहीन

  • शनिबार, पुस १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

जुम्ला, १६ पुस । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आठ महिनादेखि पदाधिकारी विहीन रहेको छ ।
गत जेठमा प्रतिष्ठानका उप–कुलपति डा. पारसकुमार आचार्यको पदावधि सकिएपछि हालसम्म नयाँ उप–कुलपति नियुत्त हुन सकेको छैन ।

उप– कुलपति, रजिष्ट्रार र अस्पताल निर्देशकलगायतका पदाधिकारी विहीन हुँदा प्रतिष्ठानको दैनिक तथा प्रशासनिक कार्य अस्तव्यस्त रहेको छ ।

अस्पताल निर्देशक डाक्टर जावेद अहमेद खानले प्रतिष्ठान छोडेको पनि सात महिना भन्दा बढी भइसकेको र रजिष्ट्रार श्याम लम्सालको पनि गत साउनमा नै कार्यकाल सकिएपछि तीनै पद रिक्त रहेको छ ।

पदाधिकारी रिक्तताले प्रशासनिक काममा झनै ठूलो समस्या आएको निमित्त उप–कुलपति डा धर्मराज श्रेष्ठले बताउनु भयो ।

सामान्यत तल्लोस्तरका काम भए पनि आर्थिक सम्बन्धी ठूला काममा समस्या आउने गरेको भन्दै पदाधिकारीका विषयमा बारम्बार कुरा उठाउँदा पनि त्यसको सुनुवाई नै नभएको गुनासो गर्नुभयो ।

राजनीतिक भागबण्डाका कारण पदाधिकारी नियुत्त हुन नसकेको उहाले बताउनु भयो । प्रतिष्ठान नेतृत्व विहीन हुनुले प्रशासनिकसहित शैक्षिक, प्राज्ञिक र व्यवस्थापकीय क्षेत्रमा समस्या आएको प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी