टिचिङ भित्र एउटा सटरको भाडा मासिक २८ लाख रुपियाँ !

टिचिङ भित्र एउटा सटरको भाडा मासिक २८ लाख रुपियाँ !

  • बिहिबार, पुस १४, २०७३
  • सरोज ढुङ्गेल

  • 5.5K
    SHARES

काठमाडौँ, पुस १४ । 
एउटा अस्पतालले निजी फार्मेसीलाई सटर भाडामा दिएबापत कति रुपियाँ लिन सक्ला ? सहजै अनुमान लगाउन सकिन्छ– १५ हजार, २० हजार वा बढीमा ३० हजारसम्म ।  तर होइन, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा रहेको औषधि पसलको भाडा सुन्दा यस्तो अनुमान गलत सावित मात्र हुँदैन, आश्चर्य नै बनाउँछ ।

सरकारी स्वामित्वमा रहेको त्रिवि शिक्षण  अस्पताल परिसरभित्र रहेको सटर मासिक २८ लाख एक हजार रुपियाँमा निजी फार्मेसीलाई भाडामा लगाउन लागिएको  छ, त्यो पनि सर्वोच्च अदालतको आदेशविपरीत ।
सर्वोच्च अदालतले २०७२ साल असार १३ गतेका दिन सरकारी अस्पतालको हाताभित्र निजी औषधि व्यवसायीलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिनु वा सञ्चालनको व्यवस्था मिलाउनु आम सर्वसाधारणको हितविपरीत हुने ठहर गर्दै अस्पताल आफैँले फार्मेसी सञ्चालन गर्न आदेश दिएको थियो ।  तर, त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्दले सर्वोच्चको आदेशविपरीत अस्पतालको हाताभित्रै निजी संस्थालाई फार्मेसी सञ्चालन गर्न दिएर मासिक २८ लाख एक हजार रुपियाँ लिँदै आएको छ ।  निजी फार्मेसीलाई सरकारी अस्पतालभित्र औषधि पसल सञ्चालन गर्न दिँदा औषधिको गुणस्तरीयता कायम नहुने सर्वोच्चको फैसलामा उल्लेख भए पनि त्रिवि शिक्षण अस्पताललगायत केही सरकारी अस्पतालले अझै पनि निजी फार्मेसी सञ्चालन गर्न दिइरहेका छन् ।
वर्तमान सरकारले समेत अस्पताललाई आफैँले औषधि पसल राख्न निर्देशन गर्दै त्यसका लागि बजेट विनियोजन गरेको छ ।
५२ वर्षदेखि सरकारी अस्पतालमा फार्मेसी कक्ष सञ्चालन गर्दै आइरहेको साझा स्वास्थ्य सेवा भने २०४६ सालपछि अस्पताल हातामा निजी फार्मेसीले प्रवेश पाएपछि बाहिरिँदै गएको छ ।  औषधिमा तीन सय प्रतिशतसम्म कमिसन खाने निजी फार्मेसीलाई सरकारी अस्पतालहरूले भित्र्याउँदै लगेको साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष लीलाकण्ठ दाहाल बताउनुहुन्छ ।
सरकारबाट नियुक्त तथा सेयर सदस्यबाट मनोनीत तत्कालीन सदस्यको अदूरदर्शिताका कारण जनसाधारणलाई सर्वसुलभ मूल्यमा औषधि तथा औजार बिक्रीवितरण गर्दै आएको साझा स्वास्थ्य सेवामा चौतर्फी आक्रमण भएको उहाँले दुखेसो पोख्नुभयो ।  सरकारी स्वामित्वमा रहेर पनि सरकारको सहयोग नपाइरहेको अवस्थामा सर्वाेच्च अदातलतको आदेशसमेत उल्लङ्घन गरेर अस्पताल हाताभित्रै निजी फार्मेसी सञ्चालन गर्दा साझाको भविष्य झनै खतरामा पुगेको सङ्गठनका सचिव नीरप्रसाद काफ्लेले बताउनुभयो ।
शिक्षण अस्पताल परिसरभित्रै रहेको बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रले पानारोमा मेडिकललाई मासिक २८ लाख एक हजार रुपियाँ बुझाउनुपर्ने गरी सटर भाडामा दिएको अस्पताल स्रोतको दाबी छ ।  केन्द्रका कार्यकारी निर्देशक डा. आनन्द शर्माले केन्द्रको छुट्टै फार्मेसी भएको जानकारी दिँदै विगतदेखि नै निजी क्षेत्रलाई फार्मेसी सञ्चालन गर्न दिएको बताउनुभयो ।  शर्माले भन्नुभयो, “पुरानो फार्मेसीलाई निरन्तरता दिन खोजिएको हो ।  टुङ्गो लागिसकेको छैन, यसलाई महŒव दिनु जरुरी छैन । ”
यता शिक्षण अस्पतालका निर्देशक डा. दीपक महराले २८ लाख रुपियाँ भाडा लिएर फार्मेसी सञ्चालन गर्न दिएको विषय आफूलाई जानकारी नभएको बताउनुभयो ।  “शिक्षण अस्पताल हाताभित्र तीनवटा छुट्टाछुट्टै अस्पताल छन्”, डा. महराले भन्नुभयो, “जुन विषय आएको छ, त्यो मसँग सम्बन्धित होइन । ”
उहाँले बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र अन्तर्गतको सटरमा उक्त फार्मेसी सञ्चालन गर्न दिइएकाले त्यस विषयमा केही भन्न नसक्ने जानकारी दिनुभयो ।  शिक्षण अस्पताल, बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र र मनमोहन कार्डियोभास्कुलर केन्द्र छुट्टाछुट्टै भएको उहाँको भनाइ छ । -गोरखापत्रबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी