खरको छानोमा पनि आगो लाग्दैन

खरको छानोमा पनि आगो लाग्दैन

  • शनिबार, पुस ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 16.2K
    SHARES

काठमाडौँ, पुस ९ ।

खरको छानोमा मट्टीतेल खन्याएर आगो लगाउँनुहोस् तर जल्दैन । तपाईँलाई लाग्न सक्छ यो कुनै जादु हो । यो जादु होइन, नेपाली वैज्ञानिकले आगो नलाग्ने प्रविधि विकास गरिसकेका छन् ।
नेपाल विज्ञान प्रतिष्ठान (नास्ट) का उपकुलपति प्राडा जीवराज पोखरेलको नेतृत्वमा नास्टका वैज्ञानिकहरूको टोलीले विकास गरेको यो प्रविधिलाई ‘अग्नि प्रतिरोधक’ नाम दिएको छ । यो प्रविधि अपनाएर बनाइएको खरको छानोमा आगलागी नै हुँदैन । नेपालमा विषेशगरी सुख्खायाममा तराई र पहाडी क्षेत्रमा आगलागीका घटना धेरै हुने गर्छन् । आगलागीबाट बर्सेनी धनजनको क्षति धेरै हुन थालेपछि नास्टले खरको छानो भएका घरमा मट्टीतेल छर्किएर आगो लगाउँदा पनि आगो नलाग्ने यस प्रविधिको विकास गरेर हालसम्म ३० जिल्लामा सफल परीक्षण र प्रयोगसमेत गरिसकेको छ ।
‘यस प्रविधिबाट एक पटक छानोको निर्माण गरेपछि १५ वर्ष घर सुरक्षित हुन्छ’, नास्टका प्रविधि सङ्कायका प्रमुख डा. सुरेश ढुङ्गेलले भन्नुभयो । उहाँले हालसम्म विभिन्न ३० जिल्लामा खरको छानो भएका घरलाई पूर्ण सुरक्षित बनाउन सकिन्छ भन्ने कुराको नमुना प्रस्तुत गर्दै यो प्रविधि सिकाउँदै गरेको बताउनुभयो ।
‘यो प्रविधिअन्तर्गत खरको छानोमाथि चिम्साइलो माटोले लिपिन्छ र त्यसमाथि सिलपोलिन प्लास्टिक बिछाइन्छ । अब घरको छानोमा हामीले भनेजस्तो गरेमा घरमा आगलागी हुँदैन । तपाईंले यस्तो छानामा मट्टीतेल खन्याएर आगो लगाउँदा समेत आगो लाग्दैन’, सङ्काय प्रमुख डा. ढुङ्गेलले भन्नुभयो । पजबचपय अजजबलय
‘छानामाथि माटोको लेप लगाएपछि त्यहाँ हावा पस्ने सम्भावना हुँदैन । त्यसमाथि प्लास्टिक बिछ्याइने भएकाले हावा छिर्न दिँदैन । आगो बल्न अक्सिजनसाथै आगो लाग्ने वातावरण ‘कन्भेक्सन’ को आवश्यक पर्छ । हावा नछिर्ने ठाउँमा कन्भेक्सन हुँदैन । जहाँ कन्भेक्सन हुँदैन त्यहाँ आगो लाग्ने कुरै भएन’, उहाँले भन्नुभयो । सङ्काय प्रमुख डा. ढुङ्गेलले छानामाथिबाट आगो लाग्यो भने सिलपोलिन प्लास्टिक जलिसकेपछि माटो भेट्ने र माटोमा आगो नलाग्ने भएकाले घर सुरक्षित हुने बताउनुभयो ।
सामान्यतः घरको आकार हेरेर तीन हजार रुपियाँदेखि अधिकतम पाँच हजार रुपियाँसम्म लाग्ने यो ‘अग्नि प्रतिरोधक’ प्रविधि विगत एक वर्षदेखि नास्टले कञ्चनपुर, सिरहा, धनुषा, सप्तरी, झापा, बर्दिया, कैलालीलगायत जिल्लामा प्रयोगमा ल्याएको हो । शुक्रबार सप्तरी जिल्लामा यस प्रविधिको प्रदर्शन गरिएको नास्टले जनाएको छ ।
प्रविधि सङ्काय प्रमुख डा. ढुङ्गेलले यस प्रविधिको प्रयोगबाट घर पूर्णतः आगो र पानीबाट १५ वर्षसम्म सुरक्षित रहने, गर्मीको महिनामा शीतल हुने, जाडोमा न्यानो हुने, बर्सेनी छाना फेर्नु नपर्ने, सर्प तथा विषालु कीराबाट समेत सुरक्षित हुने जानकारी दिनुभयो । नास्टले यस प्रविधिको उत्पत्तिको प्रमाणपत्र तथा बौद्धिक सम्पत्ति
(पेटेन्ट राइट)को प्रमाणपत्रका लागि उद्योग मन्त्रालयमा दर्ता गरिसकेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी