काठमाण्डौ ,पुस ६ ।
स्क्रब टाइफसका कारण हालसम्म १४ जनाको मृत्यु भईसकेको छ भने ८ सय २५ बिरामी देखिएका छन् ।
४७ जिल्लाको अध्ययन अनुसार स्क्रब टाइफसकास्क्रब टाइफसका बिरामी यसपालि गत वर्षभन्दा बढी देखिएका हुन् छन् । यो रोग फैलिएर हिमाली जिल्लासम्म पुगेको छ ।
गत वर्ष १६ जिल्लामा फैलिएको स्क्रब टाइफसबाट एक सय एक जना संक्रमित भएका थिए भने ८ जनाको मृत्यु भएको थियो ।
स्क्रब टाइफस संक्रमित सूक्ष्म किरा (माइट) को टोकाइबाट फैलिन्छ । यो किरा मुख्यतः खेत, झाडी, घाँस आदि ठाउँमा रहने मुसा प्रजातिमा पाइन्छ । गत वर्ष साउनमा नेपालमा पहिलो पटक यो रोग देखिएको थियो ।
सबैभन्दा बढी यो रोगका बिरामि चितवनमा रहेको इपिडिमियोलजी तथा रोग नियन्त्रण विभागका डा.गुणनिधि शर्माले बताउनु भयो ।
यो वर्ष चितवनमा यसका ५ सय ३० र कैलालीमा १ सय ९४ बिरामी देखिएका छन् । अन्य ४५ जिल्लामा १ सय १ बिरामी देखिएका छन् । यो रोग हिमाली जिल्ला सोलुखुम्बुमा समेत देखिएको छ ।
स्क्रब टाइफस संक्रमणबाट दीर्घकालमा सुन्ने क्षमता गुम्ने, निम्न रक्तचाप, अंगमा क्षति र मृगौला फेल हुने, निमोनियाँ जस्ता संक्रमण हुने, छारे रोगको लक्षण, सुस्ती, मासु कुहिने हुन सक्छ ।
हालसम्म टाइफसका लागि कुनै खोप छैन । समयमै उपचार नगरे यसले मस्तिष्क, कलेजो, फोक्सोमा थुप्रै प्रकारको संक्रमण हुन्छ ।