काठमाडौ ,६ पौष ।
सरकारले सवै स्वास्थ्य संस्थालाई स्वास्थ्य सेवा ऐन, २०५३ को परिच्छेद ८ दफा (५२ (६७) मा उल्लेख भएअनुसारको आचरण सम्बन्धी व्यवस्थाको पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयले आज सवै स्वास्थ्य संस्थाहरुलाई परिपत्र गर्दै आचरण सम्बन्धी व्यावस्थाको कार्यन्वयन गरि विरामी तथा कुरुवाहरुप्रति शिष्ट, नम्र तथा उत्तरदायी व्यवहार गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरुबाट अशिष्ट, अभद्र र अफ्ट्यारो व्यवहार भईरहेको गुनासो आएपछि स्वास्थ्य मन्त्री गगनकुमार थापाको निर्देशनमा निर्देशन जारी गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको चिकित्सा महाशाखाले निर्देशनात्मक परिपत्र पठाउदै सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कार्यस्थलमा रहँदा अनिवार्य रुपमा पोशाक, एप्रोन तथा परिचय पत्र लगाएर कार्य गर्न पनि निर्देशन दिएको छ ।
निर्देशन पालना नभएमा उनीहरुलाई कानुन बमोजिम कारबाही गरिने निर्देशनमा उल्लेख छ ।