खरायो सानो हेर्दा आकर्षक र मायालु पशु हो । यसलाई धेरै मानिसहरुले घरमा रमालोका लागि पालन गदै आएका छन् । विदेशका विभिन्न देशहरुमा खरायो तनाव नियन्त्रणका लागि पालन गरीने पेट थेरापीको राम्रो साधनको रुपमा मात्र नभई स्वस्थकर मासु उत्पादनका लागि व्यवसायिक रुपमा पालन हँुदै आएकोमा, नेपालमा पनि व्यवस्थित खरायोपालनको सुरुवात एक ठाँउ एक खरायो सहकारी अभियानले सार्थकता बनाउदै आएको छ ।
यो पशुलाई कुखुरा वा अन्य पशुवस्तु पालन गरे जस्तै पालन गरेर मासुका लागि उपयोग गर्न सकिन्छ भन्ने विषयले केहि वर्ष यता देखि नेपालमा पनि चर्चा पाउन थालेको छ । यसै चर्चालाई अझ साकार रुप दिन एक ठाँउ एक खरायो सहकारी अभियानले एउटा व्यवसायिक अभियान नै चलाएको छ । यो अभियानलाई खास गरी खरायो सहकारी अभियानका केन्द्रिय अध्यक्ष राम पटेलले विस्तार गर्दै आएका छन् ।
बिशेष गरी खरायो सहकारी अभियानले खरायोको बिचौलिया बिहिन बजारको परीकल्पना सहित अगाडि बढीरहेको छ र बजारीकरणको समेत जिम्मा लिएको छ । सधै भरी बिचौलियाको भर पर्ने बिचरा तथा लाचार किसान होइन, आप्mनो उत्पादनको बजार तथा उद्योगको मालिक पनि आँफै बन्ने सबैलाई सन्देश दिदै आएको छ । खरायोलाई विशेष गरी ग्याष्टिक, र एपेन्डिक्स रोगबाट बचाँउनुपर्ने र यसका लागि चपाउने किसीमको घाँस, पराल वा दाना खुवाई पालन गर्नुपर्ने उनी बताउँछन् ।
एक ठाउँ एक खरायो सहकारी अभियान पुर्व मेची देखी पश्चिम महाकालीसम्म नेपालका धेरै जिल्लामा विस्तार भएको र ति सबै जिल्लामा खरायो संकलन केन्द्र तथा उपकेन्द्रहरु समेत स्थापना गरिएको पटेलले जानकारी गराए । नेपालको सबै पाँच तारे होटलहरुमा खरायोको मासुका परिकारहरु बनाउने मेनु भएपनि खरायो अभावका कारण धेरै होटलहरुले मेनु हटाउनुपर्ने अवस्थामा यो अभियानले निकै सहयोग गर्न थालेको समेत उनी बताउँछन् । खरायोको बजार छैन भन्नेका लागि आफ्नो अभियान र आफु स्वयम नै बजार भएको पटेलको दाबी छ ।
खरायोको मासु ह्वाईट अर्गानिक मिट हो, यसमा प्रशस्त मात्रमा प्रोटिन, क्यालसयिम, फसफोरस, ओमेगा ३ फ्याटी एसीड पाइन्छ । फ्याट, कोलस्टोल, र थोरै क्लोरिन भएको मासु हो जुन जोर्नी, युरिक एसीड, दम रोगी, बाथ, हाड र नशाको रोगीलाई लभादायक मासुको रुपमा प्रयोग गर्दा स्वास्थ्यलाई समेत फाइदा पुग्ने विज्ञहरु बताँउछन् । जुन सुकै परिकार बनाउन सकिने नरम तथा स्वादिलो मासु भएकोले खरायोको मासुको माग दिनप्रतिदिन बढीरहेको खरायो सहकारी अभियानका केन्द्रिय अध्यक्ष राम पटेलले एग्रो टाइम्सलाई जानकारी गराए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
