एजेन्सी ।
बिरामि हुदा हामि आयुर्वेदिक या त एलोपेथिक औसधी खान्छौ । त्यो नगर्नेले बरु सुरुमा धामि झाक्रिलाई लगाएर झारफुक गराएको सुन्ने गरिन्छ र देखिन्छ पनि । तर बिरामिले वालुवा औषधिको रुपमा खाएर आफ्नो उपचार गरिरहेको छ भन्ँदा अचम्म लाग्न सक्छ । तर यो सत्य हो ।
हाल ७८ बर्ष उमेर पुगेकी कसमावती एक बृद्धा आफ्नो पेट दुख्ने समस्याको उपचार बालुवा खाएर गर्छिन । उनी दैनिक एक किलो बालुवा खान्छिन् । उनलाई एक दिन अत्याधिक पेट दुख्यो ,जब समस्या लिएर उनी वैद्यकोमा गईन । उनले गाईको दुधमा बालुवा मिलाएर पिउन सुझाव दिए । त्यतिबेला उनी सानै थिईन् ।
पछि उनले बिबाह गरिन , बच्चा जन्मियो तर पनि पेट दुख्दा बालुवा नै खाने गर्थिन । अहिले ७८ बर्षकी पुगिन उनका नाति नातिना छन् तर पनि उनले बालुवा खान छोडेकी छैनन् ।
उनका लागि नाति नातिनाले समेत वालुवा खोजेर ल्याईदिन्छन् । नातिनातिना मात्र हैन कहिले काहि छिमेकीले समेत उनलाई बालुवा दान गर्ने गर्दछन् ।
पेट दुख्ने समस्या बाहेक उनलाई अहिलेसम्म कुनै रोग देखिएको छैन । उनी युवाले जस्तै मजाले हिड्छिन् , आखा पनि प्रष्ठ देख्छिन् । साभार : बीबीसी