काठमाण्डौ ।
ल्वाङ खानु फाईदा जनक छ भन्ने थाहा भएपनि हामिलाई यसले के कस्तो फाईदा दिन्छ भन्ने धेरैलाई थाहा छैन । त्यसमा पनि पोलेको ल्वाङ खानु स्वास्थ्यका लागि राम्रो हो भन्नेकुरा कमै सुन्छौ ।
तर तपाई यी अवस्थामा पोलेको ल्वाङ खानुहोस् ,जसले तपाईलाई अस्पताल जानबाट जोगाउछ ।
१ ल्वाङमा धेरै औषधिय गुण हुने भएकाले यसलाई जुनसुकै मौसमा प्रयोग गर्न सकिन्छ । बिशेषगरेर चिसो मौसममा यसको प्रयोग अझै फाईदाजनक छ । ल्वाङलाई पानिमा उमालेर खाने हो भने शरिरमा हिट पैदा गर्ने गर्छ । तर एकै पटक धेरै यसको प्रयोग भने गर्नु हुदैन ।
२ सुख्खा खोकि र कफले सताईरहन्छ ? यदि त्यसो हो भने ल्वाङलाई पोलेर मुखमा राख्नुस् । त्यसलाई नचपाई मुखमा राख्ने गर्नुभयो भने घाटीमा सुन्निएको , कफ जमेको , खोकि ठिक हुन्छ ।
३ दात दुखेको समयमा पनि ल्वाङको प्रयोग गर्नुस् । ल्वाङलाई पोलेर मुखमा राखि हल्का चपाउनुस् यसो गर्दा दुखाई कम हुदै जान्छ ।
४ गाडिमा यात्रा गर्दा धेरैलाई उल्टि हुन्छ ,त्यस्तो बेला तपाईले ल्वाङको प्रयोग गर्नुभयो भने उल्टि सहजै रोकिन्छ ।
५ खाना खाईसकेपछि मात्रै १ वटा ल्वाङ खानुभयो भने एसिडिटि हुने र छाति पोल्ने समस्याबाट मुक्ति मिल्छ ।
६ ईनडाईजेसन र ग्यास पेटमा भरिएर समस्यामा भएका बेला पनि ल्वाङलाई थोरै नुन सँग खानुस् , फाईदा पुर्याउछ ।