कोलेस्टेरोलको मात्रा घटाउने भोजनमा मासुको प्रयोग कम गर्ने त्यसमा पनि विफ, पोर्क र भेडाको मासु खानु हुदैन । दैनिक भोजनमा ५ देखि १० ग्राम फाइबर समावेश गर्नुपर्छ । यसले कोलेस्ट्रोलको मात्रा घटाउँछ ।
कोलेस्टेरोलको खतराबाट बच्नका लागि नियमित रुपमा परीक्षण गर्नुपर्छ । न्युन चिल्लोयुक्त भोजनले शरिरमा कोलेस्ट्रोल विकसित हुने खतरालाई कम गर्छ । भोजनमा पर्याप्त फलफुल र सागसब्जी समावेश गरौं । बदाम वा यस्तै खानेकुरामा जोड दिउँ । नियमित भोजनमा प्रयोग हुने तेलको मात्रा पनि घटाउनु पर्छ । दैनिक तीस मिनेट व्यायाम गर्नु आवश्यक छ ।
माछामा कोलेस्ट्रोल घटाउने प्रभावकारी तत्व हुन्छ । कोलेस्ट्रोल र ट्राइग्लिसराइडलाई सन्तुलन राख्नको लागि सातामा दुई देखि तीन पटक आफ्नो भोजनमा माछाको परिकार समावेश गरौं ।
अन्डा कम खानुपर्छ । कोलेस्टेरोल रोगको यसलाई मुख्य शत्रु मानिन्छ ।
ग्रिन टी खानुपर्छ । यसमा क्याटेचिनस नाम गरेको पदार्थ हुनाले कोलस्ट्रोल घटाउन सहयोग गर्छ ।
पर्याप्त निदाउनुपर्छ । यसले उच्च रक्तचापलाई सन्तुलन गर्नुका साथै तपाईको समग्र शारिरिक र मानसिक स्वास्थ्यमा सुधार आउछ ।
कोलेस्टेरोल लगायत विभिन्न घातक रोगको कारण धुमपान पनि हो । त्यसैले धुमपान त्यागेको राम्रो हुन्छ ।