नेपाल मै कलेजो प्रत्यारोपण हुने

नेपाल मै कलेजो प्रत्यारोपण हुने

  • शुक्रबार, मंसिर १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौं ,१७ मंसिर । स्वास्थ्य मन्त्रालयले नेपालमै कलेजो प्रत्यारोपण  गर्ने गरी मानव अंग प्रत्यारोपण नियमावली २०७३ ले  ल्याएको छ ।

सो नियमावलीले कलेजो प्रत्यारोपणसँगै ब्रेन डेथबाट भएकाहरुको शरिरका आठ वटा अंग लिने र ति अंग प्रत्यारोपण गर्नेबाटो समेत खुल्ला गरेको छ ।

स्वास्थ्य मन्त्री गगनकुमार थापाले मन्त्री भएकै दिन ६ महिना भित्र नेपालमा कलेजो प्रत्यारोपण सुरु गर्ने घोषणा गरेका थिए । उनको घोषणा अनुरुप तीन महिना भित्रै कलेजो प्रत्यारोपण सेवाको सम्पूर्ण तयारी पुरा भएको हो ।

नेपालमा कलेजो प्रत्यारोपणका लागि केही जनशक्ति भएपनि भौतिकपूर्वाधार र आधुनिक उपकरणका कारण सम्भव भएको थिएन । कलेजो प्रत्यारोपणका लागि भारत लगायतका मुलुकमा एक करोड रुपैयासम्म खर्च लाग्ने भएपनि नेपालमा १५ देखि २० लाख रुपैयामा प्रत्यारोपण हुनेछ । नेपालमा प्रत्यारोपणको सुरुवात मानव अंग प्रत्यारोपण केन्द्रले गर्ने केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए ।

केन्द्रले कलेजो प्रत्यारोपण सम्बन्धी ख्याति प्राप्त डाक्टर सहितको विदेशी टोली बोलाएर केही हप्तापछि  नेपालमा कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने तयारी गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी