विद्यालयमा आधारित मनोपरामर्श तालिम सम्पन्न

विद्यालयमा आधारित मनोपरामर्श तालिम सम्पन्न

  • बिहिबार, मंसिर १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काभ्रे ,१६ मंसिर । 

काभ्रे जिल्लाका चन्देनी मन्डन, ज्याम्दी मन्डन र जैसीथोक मन्डनका १९ वटा सामुदायिक स्कुलका शिक्षक एवम् विद्यार्थीहरुलाई लक्षित गरी सञ्चालित विद्यालयमा आधारित मनोपरामर्श तालिम सम्पन्न भएको छ ।

१३ दिनसम्म सञ्चालित उक्त कार्यक्रममा एकसय भन्दा बढी शिक्षक तथा ६ सयभन्दा बढी विद्यार्थीहरुलाई १ दिने मनोपरामर्श तालिम तथा मनोविमर्श सेवा प्रदान गरिएको थियो । कार्यक्रम जिल्ला शिक्षा कार्यालय काभ्रेको समन्वयमा इको हिमाल नेपालको आयोजनामा सञ्चालन भएको हो । मनोविद् गोपाल ढकालले तालिमलाई सहजीकरण गर्नुका साथै मनोपरामर्श सेवा प्रदान गरेका थिए।

विद्यार्थी तथा शिक्षक शिक्षिकामा तनावजन्य समस्या, डर, चिन्ताको समस्या, मानसिक आघात, पढाइजन्य, भावनात्मक एवम् व्यवहारिक समस्या पाइएको मनोविद् ढकालले बताए । काभ्रे भू–कम्पबाट बढी प्रभावित जिल्ला मध्येको एक हो ।

health1

तालिम समापनको अवसरमा आयोजित विशेष कार्यक्रममा काभ्रे जिल्लाका जिल्ला शिक्षा अधिकारी डा.दीपेन्द्र गुरुङ, इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकाल, गा.वि.स. सचिव, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, पत्रकार लगायतका व्यक्तिहरुको ठूलो उपस्थिति रहेको थियो ।

health2

तालिममा सहभागी शिक्षकहरुलाई प्रमाणपत्र वितरण गर्नुहुँदै जिल्ला शिक्षा अधिकारी डा. गुरुङले तालिममा सिकेका कुराहरु व्यवहारिक रुपमा प्रयोग गर्न शिक्षकहरुलाई सुझाव दिए ।

health3

साथै उहाँले यस कार्यक्रमले शिक्षक एवम् विद्यार्थीहरुको मनोसामाजिक सु–स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकोले यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनुपर्ने बताउनु भयो । र यसको लागि आफूले सक्दो पहल गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी