जाडो मौसम सुरु भएपनि रुपन्देहीमा डेंगुको संक्रमण खतरा कायमै

जाडो मौसम सुरु भएपनि रुपन्देहीमा डेंगुको संक्रमण खतरा कायमै

  • मङ्लबार, मंसिर ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौ ,७ मंसिर ।
रुपन्देहीमा जाडो मौसम सुरु भएपनि डेंगुको संक्रमण खतरा कायमै रहेको भन्दै सचेत रहन आग्रह गरिएको छ । लामखुट्टेको संख्या नघटेकाले डेगुु संक्रमण पनि नघटेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

यो वर्ष  रुपन्देहीमा डेंगुबाट ४ जनाको मृत्यु भइसकेको छ भने ५७ जना बिरामीको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । त्यसमध्ये बुटवल उपमहानगरपालिका ११ का मात्रै ६ जना बिरामी रहेका छन् ।

बुटवल उपमहानगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालयको संयुक्त पहलमा बुटवलमा डेंगु रोग सार्ने लामखुट्टे, त्यसका लार्भा र बासस्थान नष्ट गर्न आग्रह गर्दै घरदैलो अभियान सन्चालन गरेपनि प्रभावकारी हुन सकेको छैन ।

लामखुट्टे, मार्ने काम नगरेकाले लामखुट्टेको संख्या र डेंगु संक्रमण नघटेको चिकित्सकहरु बताउँछन् । रुपन्देहीमा थोत्रा टायर, थोत्रा टिन, ड्रम, प्लाष्टिक, पानी ट्यांकी, फुलदानी, कुलर लगायतमा जमेको पानीमा डेंगु सार्ने लामखुट्टे बढीमात्रामा भेटिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी