काठमाडौं, कात्तिक ३०।
तराईका जिल्लाहरुमा प्रकोपका रुपमा देखिएको डेंगु रोगको संक्रमण बिस्तारै नियन्त्रण हुँदै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार चितवन, झापा लगायत तराई र केही पहाडी जिल्लामा समेत देखिएको डेंगुको संक्रमण बिस्तारै नियन्त्रण हुदै गएको हो ।
डेंगुको संक्रमण विस्तारै नियन्त्रण हुदै गएपनि खतरा भने कायमै रहेकाले सतर्कता अपनाउन रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ ।
यो वर्ष झण्डै एक हजार भन्दा बढी व्यक्तिलाई डेंगुको संक्रमण भएको सरकारी तथ्याङ्क छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline