काठमाडौं र ललितपुरका ३४ क्लिनिक तथा फार्मेसीमा छापा ,पाँच क्लिनिक बन्द

काठमाडौं र ललितपुरका ३४ क्लिनिक तथा फार्मेसीमा छापा ,पाँच क्लिनिक बन्द

  • सोमवार, कार्तिक २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडा‌ैं ,३० कार्तिक ।

स्वास्थ्य मन्त्रालयल, स्वास्थ्य सेवा विभाग, जिल्ला जनस्वास्थ्य कार्यालय, प्रहरीको टोलीले साेमवार गरेको अनुगमनका क्रममा  काठमाडौं र ललितपुरका ३४ क्लिनिक तथा फार्मेसीमा छापा मारेको छ।

अनुगमनका क्रममा प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका पाँच क्लिनिकलाई अनुगमन टोलीले सिलबन्दी गरिदिएको छ।काठमाडौंका ४ र ललितपुरको १ क्लिनीकहरुमा सिलबन्दी गरिएको स्वास्थ्य मन्त्री गगनकुमार थापाको निजी सचिवालयले जनाएको छ।

स्वास्थ्य सेवा विभागका डा.हेमन्त ओझाको नेतृत्वमा रहेको काठमाडौंको टोलीले दर्ता नै नभएका बानेश्वरदेखि कोटेश्वरसम्म रहेका जागरण क्लिनिक, एसआरडी डाइनोष्टिक, लोकसेवा डेण्टल क्लिनिक र अपी डेण्टल क्लिनिकमा तालाबन्दी गरिएको हो।

क्लिनिक तथा फार्मेसी आधारभुत मापदण्ड समेत पुरा नगरी संचालन भइरहेको गुनासो आएपछि स्वास्थ्य मन्त्री थापाले अनुगमन टोली खटाएका हुन्। अनुगमन कार्य काठमाडौं उपत्यकामा मात्र सीमित नगरी देशभरका अन्य ठाउँमा पनि गरिने मन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिनुभयाे ।

केही फार्मेसीहरुमा पर्याप्त जनशक्तिको व्यवस्था नगरेको, फार्मेसी नपढेकाले पनि औषधी बिक्री गरेको लगायतका कमजोरी देखिएकाले उनीहरुलाई आवश्यक निर्देशन दिनुका साथै स्पष्टिकरण पनि मागिएको डा. ओझाले बताउनु भयाे ।

टोलीले मीनभवनस्थित सीमा फार्मेसी, जागरण फार्मेसी, नवजीवन फार्मेसी, गौरीशंकर फार्मेसी, सोर्निम फार्मेसी, सुखद फार्मेसी, दियोकलश फार्मेसी, हरिहर फार्मेसी, इएनटी सेन्टर, अतिग फार्मेसी, एडभान्स ओरल डेण्टल हस्पीटल र सुभ फार्मेसीमा अनुगमन गरेको हो।

त्यसैगरी टाेलिले दर्ता नै नभईकन सञ्चालन भएको पाइएकाले ललितपुरमा स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा.भोलाराम श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले जाउलाखेलमा रहेको गुहेश्वरी डेण्टल मल्टी स्पेर्यालीटीमा तालाबन्दी गरिदिएको छ।

टोलीले ललितपुरको जाउलाखेलमा रहेका नेश्नल हस्पीटल एण्ड रिसर्च सेण्टर, नेश्नल फार्मेसी, अप्टीकल नेपाल, हाम्रो डेण्टल क्लिनीक, द बेष्ट अप्टीकल, बेष्ट अल्का अप्टीकल, सामना फार्मेसी, रासा मेडिको प्राली, विद्या अल्का फार्मेसी, अल्का अस्पताल प्रालि, सिम्रिक डेण्टल क्लिनिक, आशिष फार्मेसी, सुमेरु अस्पताल, लेजर थेरापी क्लिनीक, सुप्रिती फार्मेसी र वनयुरा फार्मेसीमा अनुगमन गरेको डा.खतिवडाले बताउनु भयाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी