दैनिक आधा घण्टाको ब्यायामले तपाईको डाईबेटिज रोकथाम हुन सक्छः डा. प्रियादर्शीनी योञ्जन, मधुमेह तथा थाईराईड विशेषज्ञ

दैनिक आधा घण्टाको ब्यायामले तपाईको डाईबेटिज रोकथाम हुन सक्छः डा. प्रियादर्शीनी योञ्जन, मधुमेह तथा थाईराईड विशेषज्ञ

  • सोमवार, कार्तिक २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

   डाईवेटिज रोग महामारीको रुपमा बढ्दै जानुको कारण के होला ?
२०१५ को डाटा अनुसार संसारभर ४१ करोड मानिसमा डाईबेटिज छ । र यो बढेर सन् २०३० सम्ममा ६० करोड बढीमा रोग लाग्न सक्ने पूर्वानुमान गरिएको छ । त्यसरी मात्रै हेर्दा पनि यो ठूलो समस्याको रुपमा बढीरहेको छ ।
त्यसैले यस पटक डाईवेटिजमा नजर भन्ने नाराका साथ १४ नोभमेम्बरमा मधुमेह दिवस मनाईएको छ । यसमा चेतनामुलक कार्यक्रमहरु भएका छन् । यसको बृद्धिको मुख्य कारण जीवनशैली नै हो । असन्तुलित जीवनशैलीले मानिसमा यो समस्या बढेको हो ।
मानिसहरु व्यस्त छन् , शारीरीक अभ्यास छैन , खानपानमा बढी प्रोसेस्ड फुडहरु खाईरहेका हुन्छन् र शारीरीक तौल बढीरहेको छ ।
यसो भए पछि प्रकार दुई डाईबेटिज हुनुको कारण ईन्सुलिन रेजिस्टेन्स भन्छौं ,जुन रसायन हुन्छ ।  प्यान्क्रियाज ग्रन्थीले यो बनाउछ । यसले सुगरलाई अर्थात रगतमा भएको चीनीलाई घटाउछ । तर प्रकार २ डाईवेटिजमा ईन्सुलीन बढ्छ तर चीनीलाई घटाउन सक्दैन सोही कारणले मानिसमा डाईवेटिज बढ्दछ ।

    डाईवेटिजमा लक्षणहरु के के देखा पर्दछन् त ?
५० प्रतिशत मानिसमा कुनै लक्षणहरु देखा पर्दैन । बाकी ५० प्रतिशतमा देखिन सक्ने लक्षणहरु बढी पिशाब लाग्ने, आखा रसाउने, मुख सुख्खा हुने ,भोक बढी लाग्ने, खुट्टा झमझमाउने, तौल घटेर जाने ,खुट्टाहरु पोल्ने हुन्छ ।
तर यदी लक्षण छैन भने पनि ३० वर्ष नाघ्ने बित्तिकै आफ्नो सुगर जाच गर्नु राम्रो हुन्छ । संसारभर ४५ वर्ष नाघे पछि जाचे राम्रो हुन्छ भन्ने मान्यता छ । तर ३० माथि जाच्नु राम्रो हुन्छ । स्क्रीनीङ गर्नु राम्रो हुन्छ । हामीले सरदरमा ८ सय मानिसमा स्क्रीनीङ गर्दा लगभग सात प्रतिशत मानिसमा यो रोगको लक्षण देखिएको थियो । अहिले यकीन संख्या बताउन नसकिने अवस्था छ किन भने २ जना डाईवेटिजको रोगीमध्य एक जनाको टेष्ट गरिदैन ।
     
     नेपालमा डाईवेटिजका रोगीहरु ठूलो संख्यामा समयमै उपचार गर्न आउदैनन् भनिन्छ किन होला ? उपचार महंगो भएर हो ?

सबै घर घरमा स्क्रीनीङ गर्न गाह्रो हुन्छ । लक्षणहरु कममा देखिन्छ । यसमा चेतना कम हुन्छ । त्यसै कारणले शुरुमै डाईग्नोसिस हुदैन । तर खाली पेटको सुगर हेर्न मात्र ६० रुपैया लाग्छ । प्रविधि प्रशस्त छ नेपालमा । यो समस्या छैन ।

डाईवेटिज लागे पछि अन्तिममा देखिने परिणामहरु के के हुन्छन् ?

यो दीर्घकालीन खालको रोग हो । हर्ट एट्याक, प्यारालाईसिस हुने , किड्नीमा असर हुने अन्धोपना हुने जस्ता गंभीर परिणामहरु हुन सक्छन् ।

    यो रोग लागे पछि उपचारको संभावना कति प्रशित सम्म हुन्छ ?
अहिले औषधीहरु प्रसस्तै पाईन्छ । खाने औषधी , ईन्सुलिन छ । तर कुन स्टेजमा उपचार शुरु भयो भन्ने कुरामा यसको निर्भर हुन्छ । जटिलता आए पछि उपचार गर्दा प्रभाव कम हुन्छ । तर शुरुमै उपचार शुरु गरियो भने राम्रो नियन्त्रण हुन सक्छ ।

    खान हुने र नहुने कुराहरु के के छन यसका रोगीहरुले ?

चुरोट, रक्सी खानै भएन । चिल्लो तथा गुलियो र मोटोपन बृद्धि गर्ने कार्बोहाईड्रेडयुक्त खानेकुराहरु कम गर्नु पर्छ । मोटो पन वृद्धि हुने वित्तिकै डाईबेटिजको रिस्क हुन्छ । मकै , भात जे खाए पनि यसमा कार्बोहाईड्रेड बढी हुन्छ । यसको मात्रा कम गर्नु पर्छ । तर तरकारी , दाल, सागपात, फलफुल बढी खानु राम्रो हुन्छ ।
र परिवारबाट पनि रिस्क हुन्छ जेनेटिक रुपमा । परिवारका कुनै सदस्यमा डाईवेटिज छ भने शुरुबाटै खानपिनमा कन्ट्रोल गर्नु राम्रो हुन्छ । यो परिवारबाट आउने रिस्कलाई हामीले कम गर्न सक्दैनौं ।

  खाना खाने बेला या कुनै पनि बेला मानिस आफैले ईन्सुलिनको रिरिञ्ज लगाउछन् यो कतिको फाईदा वा वेफाइदा के छ ?

यो ईन्सुलिन करीब एक सय बर्ष अघि आविष्कार भएको प्रविधि हो । यसले फाईदै गर्दछ । यो दीर्घ रोग भएकाले विस्तारै ईन्सुलिन दिनै पर्दछ । तर हामीले राम्रो तरीकाले सिकाउने र डोजको कुरा दिने भएकाले यो बिरामी आफैले प्रयोग गर्न सक्ने राम्रो विधि हो । यो अवस्था हेरेर एक पटक देखि ५ पटक सम्म लगाउन सकिन्छ ।

यो रोगको पूर्व रोकथाम कसरी गर्न सकिएला ?
डाईट र एक्सरसाईज नै पहिलो प्रेप्सक्रिप्सन हो । तपाईले दिनमा आधा घण्टा जति हिड्न ,दौडन, स्वीमीङ गर्न खेल्न जे मन लाग्छ गर्न सक्नु हुन्छ तर जिउलाई दुख दिने काम गर्नुस । लगभग हप्तामा एक सय ५० मिनट तपाईले नियमित शारीरीक अभ्यास गर्नु भयो भने यसको जोखिम धेरै कम हुन्छ ।
३० वर्ष भन्दा बढी उमेर भएको छ भने नजिकको ल्यावमा गएर आफ्नो सुगर टेष्ट गर्नु राम्रो हुन्छ । अहिले त ग्लुको मिटरले पनि मोटामोटी आफ्नो सुगरको मात्राको अनुमान गर्न सकिन्छ । तर ल्याव नै उपयुक्त विधि हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी