आज विश्व निमोनिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै

आज विश्व निमोनिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै

  • शनिबार, कार्तिक २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौ ,२७ कार्तिक ।
आज विश्व निमोनिया दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । निमोनियाविरुद्ध जनचेतना जगाउने उदेश्यले सन् २००९ देखि यो दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुले विविध कार्यक्रमको आयोजना गरेका छन् । राजधानीमा बाल स्वास्थ्य महाशाखा, टेकुले आज विषेश कार्यक्रमको आयेजना गरेको छ ।

विभिन्न किसिमका सुक्ष्म जिवाणु र किटाणुबाट फोक्सोमा हुने संक्रमण नै निमोनिया हो । पाँच वर्ष मुनिका बालबालिकामा निमोनिया वढी हुने गरेको छ ।

हरेक वर्ष विश्वमा १६ लाख भन्दा वढी बालबालिकाहरुको मृत्यु हुने गरेको तथ्याङक छ भने नेपालमा निमोनियाका कारण बर्षेनी पाँच हजार ६०० बालबालिकाको मृत्यु हुने गरेको छ ।

पुरा मात्रामा खोप लगाउने, पोषणयुक्त खानेकुरा खाने र जन्मेको एक घण्टा भित्र नवजात शिशुलाई स्तनपान गराए बालवालिकालाई निमोनियाबाट बचाउन सकिने चिकित्सकहरु बताउछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी