यसरी छुट्याउनुहोस् हानिकारक मिठाई ……….

यसरी छुट्याउनुहोस् हानिकारक मिठाई ……….

  • शनिबार, कार्तिक १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 19.1K
    SHARES

काठमाण्डौ ।

पसलमा सजाएर राखिएका मिठाई , हेर्दा लाग्छ टिपेर खाईहालौ । अनी हामि त्यहि लालचमा किनीपनि हाल्छौ तर कस्तो मिठाई किन्ने या मिठाईमा के कस्ता हानिकारक तत्व हुन्छन् ? कसरी छुट्याउने भन्ने कुरा नै बुझ्दैनौ ।

देख्दा खेरी जिब्रो नै रसाउने मिठाइमा र अन्य गुलिया परिकारमा न्यून गुणस्तर र मिसावट धेरै हुुने गर्छ । मिठाईमा प्रयोग हुने हानिकारक रसायनले हाम्रो स्वास्थ्यलाई नराम्रो असर पुर्यारहेको हुन्छ ।

१ फर्मालिनः मिठाईलाई लामो समयसम्म ताजा राख्न वा बिग्रनबाट जोगाउन मिठाइ कम्पनीहरुले फमार्लिन नाम गरेको रसायन प्रयोग गर्छन् ।

यो रसायन विशेषगरी लाशलाई गन्हाउनबाट जोगाउन शव गृहमा प्रयोग गरिन्छ । फर्मालिन मिसिएको परिकारले किड्नी र कलेजोलाई हानी गर्छ ।

यसले दम र क्यान्सर पनि निम्त्याउँछ । गर्भवती महिलाहरुका लागि यो रसायन झनै खतरनाक मानिन्छ । यस्तो रसायन मिसिएको खानेकुरा खाँदा अपांग बच्चा जन्मिने सम्भावना हुन्छ ।
२ सिल्भर र आल्मुनियमः तिहारमा खाईने बर्फी लगायत केही मिठाई सिल्भर लगायतका धातु मिसाइएका कागजले ढाकेर बनाइएको हुन्छ, जुन स्वास्थ्यका लागि निकै हानिकार मानिन्छ । मिठाई ढाक्न प्रयोग हुने सिल्भरको कागजमा अल्मुनियम पनि मिसाइन्छ । अल्मुनियमले दिमागका कोष र तन्तुलाई असर गर्छ ।
गर्भवती महिलालाई झन् अशर गर्छ । तसर्थ सिल्भरको कागजले ढाकेको मिठाई खानुअघि औंलाले बिस्तारै घोट्नुपर्छ । यदि सो कागज हानिकार नभए तत्कालै हराउँछ ।

३ रंगिन मिठाई : हेर्दा आकर्षक र रंगिंन मिठाई छन् भने नकिन्नुहोस् । मिठाई बनाउदा रंग मिसाएको पाईन्छ तर कतिपयले राम्रो र आकर्षक देखाउन हानिकारक रंगको प्रयोग गरेका हुन्छन् । यस्ले तपाईको स्वास्थ्यमा नराम्ररी असर पुर्याउछ । बिभिन्न प्रकारका रोगको संक्रमण गराउछन ।

४ सख्खर (गुड)मा बनाएको मिठाई : गुड अर्थात सख्खरमा बनाईएको मिठाई गुलियो भएपनि हाम्रो स्वाथयका लागी फाईदाजनक छ ।

बढ्दो अस्वस्थ प्रतिष्प्रर्धासँगै आजभोली कृत्रिम गुलियो पदार्थबाट मिठाई बनाउने संस्कारर गर्दा मानव स्वाथ्य नै जोखिममा पर्दै गएको छ ।

भरसक गुढ, मह र मिसावट नगरिएको खुदोबाट बनाएका मिठाई खान विज्ञको सल्लाह छ । यसको प्रयोगले जो सुकैले सहजै खरमा बनाउन पनि सक्छ ।

मिसावटरहित गुडबाट बनाएका परिकार गुलियो भए पनि स्वास्थ्यलाई फाईदा गर्छ ।

गुड चिनि जस्तो परिमार्जित नहुने भएको यसमा प्रशस्त आइरन हुन्छ । यस्तै शरिरभित्रको अपवित्र वा दुःषित रगतलाई सफा गरिदिन्छ, जबकी ह्वाईट सुगरले यस्तो कुनै काम गर्दैन ।

चीनिले ब्लड ग्लुकोजको मात्र बढाउछ तर गुड मिसाएको मिठाइले शरिरमा ब्लड ग्लुकोजको मात्रा बढाउँदैन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी