एक बच्ची जसले दुई पटक जन्म लिईन !

एक बच्ची जसले दुई पटक जन्म लिईन !

  • बिहिबार, कार्तिक ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

एजेन्सी कार्तिक १० । अमेरीकाको टेक्सासमा एक बच्चा जन्मिएको तीन महिना पछि फेरी जन्मिएकी छन् । शायद यस्तो घटना विरलै भएको होला । गर्भमा बच्चाको शरीरमा ट्युमर पलाईरहेको थियो जसलाई निकाल्न २२ हप्तामा बाहिर निकालीएको थियो ।

अप्रेसन पछि फेरी त्यो बच्चालाई पेट भित्रै राखेर ३६ हप्ताको भए पछि डेलिभरी गराईएको थियो । टेक टेक्सासकी मार्गरेट ब्रुमर १६ हप्ताको हुदा गर्भावस्थाको नियमित अल्ट्रासाण्ड गर्न अस्पतालमा गएकी थिईन् ।

जसको रिपोर्टमा सेक्रोकेक्सीजियल टोराटोमा नामक ट्युमर रहेको भेटियो । त्यसको एक हप्ता पछि बच्चालाई गाह्रो भईरहेको थियो । बच्चालाई ट्युमरले मुटुमा प्रेसर बढाउदै लगेको थियो ।

जसले हर्ट फेल हुने खतरा बढेको थियो । चिल्ड्रन फिटल सेन्टरका डा. डारेल कासले बच्चाको रगतबाट ट्युमर फैलिरहेको र यसलाई जन्मनु भन्दा पहिले नै निकाल्नु पर्ने सुझाव दिए ।

त्यस पछि डाक्टरहरुको समुहले अप्रेसन गरेर बच्चा बाहिर निकालेर अप्रेसन गरेर ट्युमर फ्याके पछि पुनः पेट भित्रै राखिदिएका थिए ।

bachha-2

करीब ५ घण्टा लगाएर अप्रेसन गरिए पछि बच्चालाई पुन गर्भाशयमै राखियो र अन्ततः जुन ५ २०१६ मा ३६ हप्ताको भए पछि जन्म दिईयो । सो बच्ची पूर्ण रुपमा श्वस्थ्य रहेको चिकित्सकहरुले बताएका छन् ।

bachha-3

bachha-4

bachha-5

bachha-6

bachha-7

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी