जहाँ १२ बर्षमै दैनिक ३५ ग्राहकसँग वेश्यावृत्तिका लागी पठाईन्छ

जहाँ १२ बर्षमै दैनिक ३५ ग्राहकसँग वेश्यावृत्तिका लागी पठाईन्छ

  • मङ्लबार, कार्तिक ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

एजेन्सी ।

छोरीलाई जन्मदै भविश्यमा गएर वेश्यावृत्तिलाई अगाडि बढाउछिन् भनेर भोज भतेर गरेको सुन्दा अचम्म लाग्न सक्छ । छोरा र छोरीबीच विभेद गर्ने परिवारमा पनि छोरीको ईज्जत आफ्नो पनि हो भनेर घरभित्रै सिमित बनाउन खोज्छन् । तर भारतमा त्यसको ठि विपरित परम्परा छ ।

छोरी जन्मने बित्तिकै भोज भतेर सुरु हुन्छ । किनकी त्यहा बर्षौ देखि चल्दै आएको वेश्यावेत्तिको परम्परा पछि ठुलो भएर अगाल्छीन र परिवारको साख जोगाउछिन् भनेर खुपसियाली मनाईन्छ ।
भारतको गुजरात स्थित वाडिया गाउमा यस्तो परम्परा बर्षै देखि चल्दै आएको छ । छोरी जन्मदा त्यहा खुसियालि त मनाईन्छ तर उनको सम्मानमा हैन वेश्यावृत्ति गर्ने संङख्या थपियो भनेर ।

यो घटना हालै मात्र सार्वजनिक भएको हो । वाडिया गाँउकी एक १२ बर्षिया बालिकालाई वेश्यावृत्तिका लागी पहिलोपटक ग्राहकोमा पठाईयो तर उनी त्यहाबाट उम्कन सफल भईन् ।

अहिले २० बर्ष पुगेकी सोनलले उक्त घटनाबारे यसरी सुनाईन् , जब मलाई पहिलोपटक वेश्यावृत्तिका लागी एक ग्राहककोमा पठाईयो ,त्यतिबेला म जम्मबा १२ सालकि थिए ।

उनी भन्छिन् मलाई त्यो समयमा के गर्ने भन्ने केहि ज्ञान थिएन । आमाले जे भनिन् त्यहि गर्ने हो ,किनकी आमा पनि मैले जान्दा देखि नै वेश्यावृत्तिमा नै संलग्न थिइन् ।

सोनल तीन कक्षापछि कहिलै बिद्यालय गईनन् । उनी मात्र हैन सोहि उमेरका सबै बालिकाहरु अलग अलग ग्राहकको खुसि पार्नमा नै व्यस्त रहन्थे ।

सोनलका बाबु को हुन् अहिलेसम्म उनकी आमालाई समेत थाहा छैन ।कीनकी उनकी आमा पनि धेरै पुरुषसँग यहि परम्परा थान्ने नाममा सम्बन्ध बनाउथिन् ,उनी भन्छिन् ।

उनका मुनी दुई भाई छन् , परिवार पाल्न र भाईलाई हेर्न पनि सोनल वेश्यावृत्तिमा संलग्न थिईन् र यसैबाट कमाएकोले परिवार चल्थ्यो । एक दिन अनिल नाम गरेको एउटा पैसावाल ग्राहक आयो । उसले सोनलाई खुब पैसा पनि दिने गथ्र्यो ।

प्रत्येक हप्ता आउने अनीलसँग गफगाफ बढ्दै गयो । सोलन भन्छिन् हामिबिच प्रेम हुन पुग्यो । उसले अफुसँगै सधैका लागी हिड्न आग्रह गर्यो तर परिवार मानेनन् ।

त्यसपछि उनीहरु भागेर अहमदाबाद गई अदालतमा बिबाह गरे । तर सोनलको गाउमा अशान्ति फैलियो ,उनैको कमाईबाट परिवार चल्थ्यो ।उनी फर्किएर गाउ आउन भन्ने परिवारले चाहना राख्यो ।

अर्को तर्फ दलालले सोनल जस्तै अन्य महिलाहरु पनि बिबाह गरेर हिडेभने अप्ठ्यारो पर्ने भन्दै उनलाई जिउदो वा मुर्दा जसरी भएपनि गाउ फर्काउने प्रयासमा लागे तर सफल भएनन् ।
यता सोनलसँग बिबाह गर्ने अनीलकी पहिली श्रीमती रहेको पछि मात्र उनले थाहा पाइन् । तर अनीलकी पहिली श्रीमतीलाई सोनर अनीलको सम्बन्धलाई स्वीकार गरेकी थिईन् ।
उनी भन्छिन् , मलाई नै अनीलकी दोस्रो श्रीमती भएर बस्न मन लागेन र छाडेर व्युटिपार्लर चलाएर बस्न थालेको छु । त्यसका लागी उनलाई एक सहयता संस्था “विचरता समुदाय समर्थन मंच ”का मित्तल पटेल सहयोग गरे ।

सोनल भन्छिन् अहिले पनि त्यो गाउमा १२ सालकी बालिकाहरु दिनको ३० ३५ जनासम्म ग्राहसँग जानुपर्ने बाध्यता छ । त्यहा गर्भपतन पनि सामान्य मानिन्छ । बीबीसीबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी