काठमाण्डौँ, ८ कात्तिक / गत वर्ष गएको विनाशकारी भूकम्पले भक्तपुर जिल्लामा पारेको मानसिक एवम् मनोसामाजिक असर तथा कैलाली जिल्लामा प्रत्येक वर्ष मौसमी बाढीले पार्ने गरेको मानसिक प्रभावको बारेमा गरिएको एक पाइलट अध्ययनको प्रतिवेदन सार्वजनिक गरिएको छ ।
टी.पी.ओ. नेपालले कोलोराडो विश्वविद्यालय र इल्र्हा ९भचिजब० नामक अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा गरिएको उक्त अध्ययनले भक्तपुर जिल्लामा भूकम्पको कारणले २९% मा डिप्रेशन तथा ११% मा मानसिक आघात समस्या भएको देखिएको छ ।
त्यसैगरी कैलाली जिल्लामा वर्षेनि गइरहने मौसमी बाढीले ३८% मा डिप्रेशन तथा ९% मा पी.टी.एस.डी. को समस्या भएको देखिएको छ । यी दुवै प्रकोप प्रभावित जिल्लाहरुमा मानसिक स्वास्थ्य र प्रकोप पूर्व तयारी विषयको ३ दिने तालिम तथा क्रियाकलापले प्रभावित व्यक्तिहरुमा सकारात्मक प्रभाव पारेको देखिएको छ ।
कार्यक्रममा प्राथमिक स्वास्थ्य, पुनः जागरण महाशाखाका प्रमुख मोहम्मद दाउद, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक श्रीकृष्ण भट्ट, प्रा.डा. शिशिर सुब्बा, प्रा.डा. सरोज प्रसाद ओझा लगायतले नेपालमा मानसिक एवम् मनोसामाजिक स्वास्थ्यको अवस्थाका बारेमा आ–आफ्नो धारणा ाख्नुभएको थियो ।
काठमाडौँको होटल, रेडिसनमा भएको कार्यक्रममा मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत संघसंस्था, सरकारी निकाय, एवम् देश विदेशका अनुसन्धानकर्ता लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो |