स्वास्थ्य मन्त्रालयद्धारा डेंगु नियन्त्रणका लागि विशेषज्ञ टोली परिचालन

स्वास्थ्य मन्त्रालयद्धारा डेंगु नियन्त्रणका लागि विशेषज्ञ टोली परिचालन

  • सोमवार, कार्तिक ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, कात्तिक ८। तराईका विभिन्न जिल्लामा देखिएको लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले विशेषज्ञ टोली परिचालन गरेको छ । मन्त्रालयले डेंगुबाट बढी प्रभावित चितवन र झापामा विशेष अभियान ‘सर्च एन्ड डिस्ट्रोए’ अभियान चलाएको हो ।
सो अभियानलाई हिजोदेखि दमकमा पनि विस्तार गरिएको छ । डेंगुको सङ्क्रमण भएका र हुनसक्ने तराईका जिल्लामा विशेष सतर्कताका साथ नियन्त्रणको अभियान चलाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले जानकारी दिनुभयो ।

अहिलेसम्म डेंगुका ३४ बिरामी देखिएको झापामा डा. यदुचन्द्र घिमिरे र ल्याब टेक्निसियन डबलबहादुर विसीको टोली आज बिहान सो स्थानमा पुगी अभियान सुरु गर्ने महाशाखाका निर्देशक डा. आचार्यले बताउनुभयो ।

उहाँका अनुसार दमकमा डेंगु परीक्षणका लागि मन्त्रालयबाट खटाइएको टोलीका साथ आवश्यक कीटसमेत उपलब्ध गराइएको छ । डेंगु नियन्त्रणका लागि लामखुट्टे नियन्त्रण नै एकमात्र उपाय भएकाले त्यसको लागि आवश्यक सतर्कता अपनाउन मन्त्रालयले सबैमा आह्वान समेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी