काठमाडौं, कात्तिक ७ । काठमाडौंको दहचोकमा एक दिने नि:शुल्क स्वास्थ शिविर सम्पन भएको छ । पिपुल्स मेडिकल कलेज, मार्क नेपाल र प्रथम पाइला मासिक पत्रिकाको सयुक्त आयोजनामा शनिबार सम्पन्न शिविरमा १ सय ५० जना भन्दा बढीले आफ्नो स्वास्थ जाँकच गराएको आयोजकले जानकारी दिएको छ ।
उक्त शिविरमा वाल रोग, प्रसुती तथा स्त्री रोग, हाडजोर्नी तथा नसा रोग, नाक कान घाँटी, मन रोग, चर्म तथा दन्त रोगका बिरामीहरुले स्वास्थ जाँच गराएका थिए ।शिविरमा जाँच गराएका बिरामीहरुमध्ये २० जनामा गम्भीर रोग देखिएकाले थप उपचारको लागि पिपुल्स मिडिकल कलेज नयाँबजार लगिएको छ ।
उनीहरुको उपचारमा लाग्ने सम्पुर्ण खर्च पिपुल्स अस्पतालले नि:शुल्क गर्ने बताएको छ ।बिरामीको लागि खानपिनको व्यवस्था समेत अस्पतालले नि:शुल्क गरेको छ । उक्त शिविरमा विरामीहरुलाई निःशुल्क औषधि वितरण गरिएको थियो । बिरामीहरुको वीर अस्पतालका डा. रामा शंकर प्रसाद यादव, पिपुल्स मेडिकल कलेजका डा. सर्फराज आलम खान लगायतले बिरामीहरुको स्वास्थ जाँच गरेको आयोजकले जानकारी दिएको छ ।

