छारे रोगलाई english मा seizure disorder, epilepsy र नेपालीमा मिर्गी भनिन्छा यो रोग विभिन्न किसिमको हुने गर्दछा यसमा सामान्यतया व्यक्ति बेहोस हुने, हात खुट्टा कडा बनाउने, मुखबाट फिंज निकाल्ने, जिब्रो टोक्ने, लामो लामो सास फेर्ने, घाटी बांगो बनाउने हुन्छ ।
२ प्रकार
Partial seizure
generalized seizure
partial seizure: brain को कुनै एउटा भागमा तरङ्गको (electrical impulses) गडबडी भै शरीरको कुनै एक भागमा मात्र यसको प्रभाव देखिन सक्छा जस्तै बुढी औला बाट मात्र सुरु भै हात हुदै टाउकोमा पुगी पुरै बेहोस पनि हुन सक्दछा एस्तो seizure लाई CPS-GTCS भनिन्छ ।
GTCS: यो diagnosis गर्न सजिलो हुन्छा बिरामी पूर्ण रुपमा बेहोस भै हात खुट्टा तन्काउने, झट्का हान्ने, तथा जीव्रो टोक्ने, कपडामा दिशा पिसाब गर्न सक्ने हुन्छ ।
यो समस्याको उपचार नेपालमा प्राय neurologist, neurosurgeon, neuropsychiatrist, general physician सबैले यो समस्याको उपचार गर्दछन तर समस्या धेरै जटिल भएमा neurologist लाई देखाउनु उत्तम मनिन्छा तर योसंगै psychological समस्याहरु पनि हुने गर्दछन. बिरामीले यसको बारेमा नबताउने र Dr. आफैले पनि नासोधेमा यसको बारेमा याद नहुन सक्दछ र समस्या जटिल भएपछी मात्र ज्ञान हुन्छा तेसैले यसबाट हुने मानसिक समस्याका बारेमा केहि कुरा जान्ने प्रयास गरौ ।
Anxiety Disorder: धेरै पटक मिर्गी आइराख्ने व्यक्ति लाई पछिल्लो समयमा छटपटीको समस्या देखिने गरेको छ. डर लाग्ने, ढुक ढुक हुने, छट्पट, छट्पट हुने हुन्छ ।
Depression: लामो समयसम्म seizure हुने र उपचार भैराखेका व्यक्ति हरुमा दिक्क लाग्ने, निरास हुने, नरमाइलो लाग्ने,कुरा गर्नु मन नलाग्ने समस्या ले सताउने गर्दछ ।
Insomnia: यी व्यक्तिहरुमा निन्द्रा नपर्ने, निन्द्रामा बयूझने, छिटो उठ्ने समस्याले दुख दिन सक्दछ ।
Aggression: यस्ता बिरामीहरुमा बिनाकारण झर्कने, मन खुसि हुदा हुदै पनि रिसमा नियन्त्रण गर्न नसक्ने, आफु र अरुलाई बिराम गर्न सक्ने हुन सक्दछ ।
Cognitive समस्याहरु:यी बिरामीहरुमा पटक झट्का आएमा बिर्सने समस्या, decision लिन नसक्ने, concentration मा कमि, पहिलेजस्तो योजनाहरु बनाउन नसक्ने, सोच्न नसक्ने हुन सक्दछ ।
psychosis: कति यस्ता व्यक्तिहरु बिनाकारण टोलाउने, कम बोल्ने, संका गर्ने, एक्लै बोल्ने समस्याबाट ग्रसित हुन सक्दछन।
Suicidality: कति यस्ता व्यक्तिहरुमा बिनाकारण आत्महत्याको सोच आउने, रोक्न खोज्दा पनि यी बिचारहरुले दुख दिने, र प्रयास गर्ने र किन गरेको भन्दा कारण थाहा नहुने हुन सक्दछ ।
Amnesia: धेरै पटक धेरै समयसम्म झट्का आइराखेका र उपचार नगराएका व्यक्तिहरुमा बिर्सने समस्याले धेरै सताउने गर्दछ ।
delirium: झट्का आएको केहि minute देखि केहि घण्टासम्म र केहि दिनसम्म यस्ता बिरामीहरुलाई मान्छे नचिन्ने, म कहाँ छु, कुन ठाउमा छु, मेरो वरिपरीका व्यक्ति को हुन्, भन्नेनै नचिन्ने र confusion को अवस्थामा जाने हुन्छ ।
तेसैले epilepsy को उपचार गर्ने क्रममा उक्त व्यक्तिलाई मानसिक समस्या त छैन भन्ने कुरा बुझ्नुपर्दछ र अनिबार्य रुपमा एकपल्ट psychiatrist लाई देखाउनु पर्दछ ।
