७१ वर्षे बुढाले १ सय १४ वर्षकी वृद्ध महिलासग‘ गरे बिबाह

७१ वर्षे बुढाले १ सय १४ वर्षकी वृद्ध महिलासग‘ गरे बिबाह

प्रेम पाउन उमेरले छेक्दैन

  • बिहिबार, अशोज २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

 एजेन्सी । चीनमा एक जोडीले आश्चर्यजनक रुपमा बिबाह गरेका छन् । विवाह उमेरमै हुनु पर्छ भनेर चर्चा पनि हुन्छ हाम्रो समाजमा त अझ ।
झिनझियाङ प्रान्तको काशगहर शहरमा बस्ने ७१ वर्षका झेङले आफू भन्दा ४३ वर्ष जेठी झेङ सुईङसग‘ बिबाह गरेका हुन् ।
उनीहरुको करीब एक वर्ष पहिले एउटा नर्सिङ होममा भेट भएको बेला देखि नै प्रेम शुरु भएको थियो । बेहुला झेङले मानिसलाई प्रेम जतिखेर पनि प्राप्त हुने भन्दै यसको लागि उमेरले असर नपर्ने बताए ।

करीब ५० वर्ष अघि दुर्घटनामा परेका झेङलाई खुट्टामा समस्या भएका कारण हिडडुल गर्न गाह्रो पर्दछ । त्यसै कारणले उनले बिबाह गरेका थिएनन् । उनी अहिले एउटा सामाजिक कल्याणकारी भवनमा बस्दै आएका छन् । उनले आफूलाई दुखःमा ख्याल गर्ने पहिलो महिला सुईङ नै भएको भन्दै माया बढेको बताए ।

उनीहरुले नर्सिङ होममै बिबाह गरेका छन् । सरकारी अधिकारीहरुले उनीहरुलाई बिबाह दर्ताको प्रमाणपत्र पनि दिएका छन् ।
झेङले बिबाह पछि भने“ म एक अनपढ र गरीब मानिस हु‘, मैले जिन्दगीमा यस्तो खुसीको दिन पनि आउला भनेर कहिले सोचेको थिईन” । बिबाह पछि उनीहरु सगै बस्न थालेका छन् ।

bibaha-2

bibaha-3

bibaha-4

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी