छोराको बिहेमा गाडिमा बाँधेर बाबुआमालाई सहर परिक्रमा

छोराको बिहेमा गाडिमा बाँधेर बाबुआमालाई सहर परिक्रमा

  • बुधबार, अशोज २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

बाबुआमाका लागी आफ्ना सन्तानको बिबाह खुसिको अवसर हो । त्यसमा पनि छोराको बिबाह ,बुहारी भित्र्याउने खुसिको सिमा नै हुदैन उनीहरुका लागी । त्यसको भरपुर आनन्द उठाउन चाहन्छन् तर चीनको एक प्रान्तमा भने आमाबुलाई त्यो अवसर मिल्दैन ।

त्यहाँ छोराको बिहेमा बाबुआमालाई बाँधेर सहर परिक्रमा गराइन्छ । आखिर संस्कार र परम्परा नै यस्तो भएपछि कसैको केहि जोर चल्दैन ।

चीनको हेनान प्रान्तमा यस्तै परम्परा छ । जहाँ छोराको बिहेमा बाबुआमालाई डोरीले गाडीमा बाँधेर सडकमा हिडाएर सहर घुमाइन्छ, जबकी त्यो गाडी बेहुलो छोराले नै चलाएको हुन्छ । यसरी बेहुलाको बुवालाई बाँधेर सहर परिक्रमा गराउने परेडमा थुप्रै मानिस सहभागी हुन्छन् ।

यो अनौठो परम्परा सुन्नेलाई नै निकै दयालाग्दो छ । यसरी छोराले गाडीमा बाँधेर सहर परिक्रमा गराइरहँदा ती गाइगोरुजस्तै बाँधिएर लुरुलुरु हिँडिरहेका बुवा आमालाई उनीहरुका साथी तथा आफन्तले खिसिट्युरी गरेर तथा जिस्काएर हैरान बनाउँछन् ।

china7c102b0henan-pranta8703f25b5542bb8

तर यसरी बाँधिएर सडकमा घुम्दा तथा दुनियाले जिस्काउँदा पनि बेहुलाका मातापिताले पटक्कै दुख मान्दैनन् । परम्परा निभाउन पाउँदा आनन्द मान्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी