मुटु रोग के हो ? कसरी बच्न सकिन्छ ?

मुटु रोग के हो ? कसरी बच्न सकिन्छ ?

  • बिहिबार, अशोज १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 27.6K
    SHARES

मुटु रोग के हो ?

मानव शरीरका अङ्गहरुमध्ये मुटु जटिल प्राकृतिक अङ्ग हो । यो हरपल चलिरहन्छ । छातीभित्र धडकिरहने यो सानो अङ्गले शिरदेखि पैतालासम्म महत्वपूर्ण प्रभाव पारेको हुन्छ ।

विश्व व्यापी रूपमा भइरहेको औद्योगीकरण र मानव जीवनमा भइरहेको जीवनशैलीको परिवर्तनसंगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगिरहेको छ। पुरुष-महिला दुवैजनालाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा छ। मुटुरोग प्राणघातक भए तापनि ८०% हृदयघात (heart attack) रोकथाम गर्न सकिन्छ। विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्से १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ। मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छ्रन्। विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटुरोग महामारीकै रूपमा फैलिने भविष्यवाणी गरेको छ। मुटुरोग भन्नाले धेरैजसोले हृदयघात र हार्टफेललाई बुझ्ने गरेको पाइन्छ।

कोरोनरी मटुको रोग भनेको मटुका मांशपेशीमा रगत प्रवाह गर्न कोरोनरी रक्तनलीहरू साँगुरो वा बन्द हुनाले लाग्ने रोग हो। ह्यदयघात पनि एक प्रकारको कोरोनरी मुटुरोग नै हो

। यो रोग विशेष गरी ४० वषर्भन्दा बढी उमेरका मानिसहरूमा देखिन्छ तर आजकल युवा उमेरका मानिसहरूमा पनि देखिन थालेको छ। नेपालमा मुटुरोग बढ्ने क्रममा छ। हाल करिब १५ प्रतिशत जनतालाई कुनै न कुनै प्रकारको मुटुरोग भएको अनुमान गरिएको छ। नेपालमा १० वर्षता मुटुरोगीहरूको संख्यामा पाँच गुणाले वृद्धि भएको छ। हाल नेपालमा १८ वर्षउमेरमाथिका करिब २० प्रतिशतलाई उच्च रक्तचाप, ३ प्रतिशतलाई कोरोनरी मुटुको रोग, १० प्रतिशतलाई मधुमेह छ। यस्तै स्कुल जाने उमेरका करिब ०.२ प्रतिशतलाई बाथमुटुको रोग र त्यत्ति नै अनुपातमा जन्मजात मुटुको रोग छ।

मुटुरोगका प्रमुख लक्षणहरू

मुटुरोगका लक्षणहरूबारे धेरैलाई जानकारी छैन अर्को तर्फ सबै मुटु रोगिलाई लक्षण पनि नदेखिने हुन्छ । त्यसैले  मानिसहरू ढिला गरी उपचारका लागि अस्पताल वा डाक्टरकहाँ जान्छन्।

छातीको बीच भागमा पीडा हुनु, परिश्रम गर्दा दम बढ्नु, खुट्टाहरू सुन्निनु, मुटु बेतालले धड्किनु, चक्कर लाग्नु, धाँटीको रक्तनली फुल्नु वा चल्नु, बाल्यकालमा जोर्नीहरू दुख्नु र साथमा ज्वरो पनि आउनु, जिब्रो,औंलाका टुप्पाहरू नीलो हुनु आदि सबै मुटुरोगका लक्षणहरू हुन सक्छन्। शारारीक परिश्रम गर्ने वा मानसिक तनावमा छातीको बीच भागमा वा देब्रेतीर भएर ढुङ्गाले थिचेको जस्तो अनुभव हुन्छ।आराम गरेपिछ हराएर जान्छ। यो लक्षणलाई एन्जाइना भनिन्छ।

कसै- कसैलाई भने पहिलो पटक नै असहूय तरिकाले छाती दख्नु, देब्रे छातीतिर झनै श्वास फेर्न गार्हो हुने, चिटचिट पसिना आउने, वाकवाक लाग्ने जस्ता हृदयघातका लक्षणहरू देखिन्छन्, जस मध्य एक तिहाई बिरामीको अस्पताल पुग्नभुन्दा अगाडी नै मृत्यु हुन्छ।

मुटु दुख्ने कारण के हो ?

मुटु दुख्ने धेरै कारणहरु हुन्छन् । विशेषगरी मुटुको वरिपरी छातीको बीच भागमा दख्नु मुटु रोगका कारण हुन् । मुटु रोग विभिन्न किसिमका हु्न्छन् भल्भ मुटु रोग, बाथ मुटु रोग, मुटु फेल्योर, कोरोनरी मुटुरोग र हृदयाघात, जन्मजात मुटु रोग, उच्च रक्तचाप, मस्तिष्कघात र हृदयघातलगायत मुख्य हुन् ।

तसर्थ मुटु दुख्ने प्रमुख कारण भनेकै विभिन्न प्रकारका मुटु रोग हुन् । अन्य कारणहरुमा मानसिक तनावसँग सम्बन्धित मुटु हल्लिने रोग जसलाई हामी एञ्जाइटी भन्छौं । यो पनि मुटु दुख्ने अर्को कारण हो । मुटु रोग बाहेक अन्य कारणहरुमा छातीको मांशपेशी खुम्चेर, फोक्सोको बाहिरी झिल्ली च्यातिएर, मानसिक तनाव बढि लिएमा छाती टाइट हुने र मुटु दुखेको अनुभव हुने गर्छ ।

heart_attack यदि मुटुको भल्भ थुनियो भने वा सानो भयो भने मुटु दुख्न थाल्छ । विशेषगरी मुटुको धमनीमा ब्लक भयो भने छातिको बीच भागमा बेस्सरी मुटु दुख्न थाल्छ, यस्तो अवस्थामा हिंडडुल गर्दा झन् बेस्सरी दुख्न थाल्छ । शरीरमा रक्त सञ्चार कमी भयो भने पनि मुटु दुख्न थाल्छ । एन्जिनालाई पनि मुटु दुख्ने अर्को कारण मान्न सकिन्छ ।

छाती गह्रौं भएको, छातीमा कसैले वा केहीले च्यापेको जस्तो लाग्ने, छाती पोलेको, छाती सुन्न परेको, छाती चिलाएको लगायतका सबै लक्षण एन्जिनामा पर्छन् । जसको कारण मुटु दुख्न थाल्छ । तसर्थ मुटु दुख्ने कारण मुख्य गरी मुटु रोग नै हो । त्यसैले हामीले मुटु रोग प्रति बढि सचेत हुनुपर्छ ।

रोगका कारण र बच्ने उपायहरु

मुटुको रोगको परिवारीक इतिहास भएको ,अत्याधीक मोटोपन भएको , शारीरिक रुपमा कम शक्रिय हुनु ,अत्याधीक कोलस्ट्रोल हुनु , अत्याधिक ब्लडप्रेसर हुनु ,धुम्रपान सेवन गर्नु , लागु पर्दाथको सेवन , डाइबेटिजको रोगी हुनु लगायतका कारणले मुटु रोग लाग्छ ।

त्यसैले धूम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्ने , नियमित शारिरीक व्यायाम गर्ने, सागसब्जी र फलफूल बढी सेवन गर्ने, मासु, चिल्लो, बोसोयुक्त खानेकुरा, जंक फुड कम गर्ने, मानसिक तनाव कम गर्ने, तौल ठीक राख्ने, भुँडी बढ्न नदिने र नियमित रूपमा चिकित्सकसँग परीक्षण गराई आवश्यक सल्लाह लिने गरेमा मुटु रोगबाट सजिलै बच्न सकिन्छ ।

त्यसैगरी सेकेण्ड-ह्यान्ड धूम्रपान (अर्थात तपाईको छेउमा रहेर कसैले चुरोट पिउनु)को सम्पर्कमा पर्नु पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ। मुटुका केही रोगहरू जस्तै- उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, मधुमेह आदिको कुनै लक्षणहरू नहुन पनि सक्छ। यी रोगहरू परीक्षण गरेपछि मात्र पत्ता लाग्छ। मानिसको आकस्मिक मृत्यु धेरैजसो मुटुरोगकै कारणबाट हुन्छ।

नियमित रूपमा आफ्नो ब्लडप्रेसर नापी राख्नुस्! रगतमा ग्लुकोजको मात्रा बढ्नु हृदयघात हुने सक्ने सम्भावना बढ्नु हो ; त्यसैले यदि तपाईलाई मधुमेह (डाइबिटिज) छ भने आफ्नो रगतको ग्लुकोजको मात्रा नियन्त्रण गर्नु एकदमै आवश्यकता पर्दछ। त्यसै गरी रगतमा हुने कोलेस्ट्रोलको मात्रा बढ्नु पनि मुटुको लागि घातक हुन्छ। स्वस्थ खाना, शारीरिक व्यायाम र आवश्यक परेमा औषधीको सेवन गरेर पनि कोलेस्ट्रोलको नियन्त्रण गर्न सकिन्छ। बेलाबेलामा रगतमा कोलेस्टेरोलको मात्रा र मुटुको E.C.G गराउनुपर्छ l

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी