प्रसूति गृहले बहिरंग सेवाको समय बढायो

प्रसूति गृहले बहिरंग सेवाको समय बढायो

  • मङ्लबार, अशोज ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं ,११ असोज ।

थापाथलीस्थित प्रसूति गृहले आजदेखि बहिरंग सेवाको समय बढाएर विहान ९ बजेबाट दिउँसो ४ बजेसम्म बनाएको छ ।

यसअघि १० बजेदेखि २ बजेसम्म रहेको बहिरंग सेवाको समय सरकारको निर्णय अनुसार थप तीन घण्टा बढाईएको अस्पतालका निर्देशक जागेश्वर गौतमले जानकारी दिनुभयो ।

तर बेलुकी पाँच बजेसम्म बनाउँदा ढिला हुने भएकाले विहान एक घण्टा अगावैदेखि सेवा सञ्चालन सुरु गरेको उहाको भनाई छ । बहिरंग सेवाको समय अघि सार्दा अस्पतालको कामकारवाहीमा खासै असर नपरेको उहाको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले देशबासीलाई सम्बोधन गर्दै सम्पूर्ण सरकारी अस्पतालहरुमा विहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुँदै आएको बहिरंग सेवालाई बेलुकी ५ बजेसम्म बनाउन निर्देशन दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी