३ असोज, काठमाडौं ।
सरकारले २०६७ सालदेखि पूर्णरुपमा बन्द रहेको नेपाल औषधि लिमिटेड सञ्चालनमा ल्याएर तीन महिनाभित्र सिटामोल उत्पादन गर्ने भएको छ ।
मेसिन तथा उपकरण र भौतिक संरचना निर्माण गरी पहिलो चरणमा ३ महिनाभित्र सिटामोल सहितका ८ औषधि उत्पादन गर्ने उद्योगमन्त्री नविन्द्रराज जोशीले बताउनु भयो ।
आज पत्रकार सम्मेलन गरी उद्योगमन्त्री जोशीले कच्चा पदार्थको आयात गर्नासाथ अहिलेकै अवस्थामा सिटामोल, एमजिट, आइरन चक्की, जिवनजल, नेमोक्सिल, डिस्टिल वाटर, कफहिष्ट लगायतका औषधि उत्पादन गर्न लागिएको जानकारी दिनुभयो ।
प्रचण्ड नेतृत्वको सरकारको आइतबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल औषधि लिमिटेडलाई सञ्चालन गर्ने र औषधि उत्पादन सुरु गर्ने निर्णय गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline