चितवन, असोज १ ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जिल्लामा बैशाखदेखि हालसम्म २०५ जना स्क्रम टाईफसबाट प्रभावित भएको जनाएको छ । तीमध्ये दुईजनाको मृत्यु भइसकेको छ ।
चितवनमा स्क्रब टाईफसको संक्रमण गत बैशाखबाट देखा परेको हो । चितवन मेडिकल कलेजमा १८८, नारायणी सामुदायिक अस्पतालमा ९ र भरतपुर अस्पतालमा ८ जनामा यो रोग देखिएको कार्यालयका भेक्टर कन्ट्रोलर राम केसीले बताउनु भयो ।
चितवन मेडिकल कलेजमा उपचाररत् चितवन र तनहुँका एक–एकजनाको मृत्यु भएको हो ।
भरतपुर अस्पतालले निःशुल्करुपमा यो रोगको ल्याब परीक्षण गरिरहेको छ । कार्यालयले २०० कीट उपलब्ध गराएपछि अस्पतालले निःशुल्क परीक्षण गराएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline