अब केटै केटा मिलेर पनि बच्चा जन्माउन सक्ने !

अब केटै केटा मिलेर पनि बच्चा जन्माउन सक्ने !

  • शनिबार, अशोज १, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

संसारमा विज्ञानले चमत्कार गर्दै गएको छ । महिला पुरुष र पुरुष महिला बन्न सक्छ विज्ञानको प्रयोगले ।
तर अब नया नया प्रयोग गर्ने सिलसिलामा वैज्ञानिकहरुले पुरुष पुरुष मात्रै मिलेर डिम्ब बिनै पनि बच्चा पैदा गर्न सकिने विषयमा अनुसन्धान गरीरहेका छन् ।
उनीहरुले यो प्रयोग मुसामा सफलतापूर्वक सम्पन्न गरेका छन् ।
यो अनुसन्धान सफल भएमा भविष्यमा बच्चा पैदा गर्दा महिलाको आवस्यकता नहुन सक्छ ।
यो अनुसन्धानको निष्कर्ष नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित भएको छ । बाथ युनिभर्सीटीका वैज्ञानिकहरुले अनिषेचित अण्डबाट नक्कली भ्रुण बनाएका थिए ।

musa-1
शोधकर्ताहरुले यदि मुसामा नक्कली भ्रुणमा शुक्राणु मिसाएर स्वस्थ्य बच्चा पैदा गर्न सकिन्छ भने यो पनि सम्भव छ कि मानिसमा पनि डिम्ब विनै दोस्रो कोषीकाहरुको प्रयोगबाट स्वस्थ्य बच्चा जन्माउन सकिने बताएका छन् ।
प्रमुख अनुसन्धानकर्ता डा. टोनी पेरीले पहिलो पटक डिम्बको साटो कुनै अरु चीज मिसाएर शुक्राणुबाट बच्चा पैदा भएको छ । यो दुई वर्षको लामो सोच र अनुसन्धान व्यवहारमा परिणत भएको बताएका छन् ।
यस अनुसन्धानको मुख्य उदेश्य महिलाहरुको डिम्ब र शुक्रकीट मिसिएर फर्टिलाईजेशन कसरी हुन्छ भनेर अनुसन्धान गर्नु रहेको थियो ।
यदी अब बच्चा जन्माउने काममा महिलाको आवस्यकता पर्न छाड्यो भने समाजमा ठूलो असर पर्न सक्ने अनुमान गरिएको छ ।
यसरी सम्झौ कि एक पुरुषले शुक्राणु र अर्को पुरुषले शरीरको कुनै पनि कोसीका दिएर बच्चा जन्माउन सक्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी