एटलान्टीक महासागरको बरमुडा ट्रैंगलको खतरनाक रहस्य

एटलान्टीक महासागरको बरमुडा ट्रैंगलको खतरनाक रहस्य

  • शुक्रबार, भदौ ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 28.8K
    SHARES

एजेन्सी । एटलान्टीक महासागरको बरमुडा ट्रैंगल यस्तो ठाउ छ जहा विगत सय वर्षमा त्यस क्षेत्रबाट उडेका जहाज , पानी जहाज र नाउहरुबाट अधिक मानिसहरु मारिएका छन् ।
आखिर त्यो कस्तो ठाउ हो जहा हवाई जहाज पनि खस्छ, पानी जहाज पनि डुब्छ र नाउहरु पनि जान सक्दैनन् ।
डेविल्स ट्रैंगलको रुपमा चिनिने यस क्षेत्रमा दुर्घटनामा पर्ने हवाई जहाज, पानी जहाज केही पनि फेला परेको छैन ।
कतिको परेता पनि क्रु मेम्बरहरु भेटिएका छैनन् ।
तर यसको रहस्य के हो ? यसको उत्तर सही रुपमा कसैले पनि पत्ता लगाउन सकेको छैन ।

barmuda-4
तर पनि यसका लागि गल्फ स्ट्रीम जिम्मेवार रहेको हुन सक्ने अनुमान गरिएको छ । गल्फ स्ट्रीम मेक्सीकोको खाडीबाट निस्केर फ्लोरिडाको जल डमरु हुदै उत्तरी एटलान्टीक सम्म फैलिएको छ । यो स्ट्रीम समुन्द्रको मुनिको भागमा रहेको पानीको तेज प्रवाहको सतह हो । जसका कारण दुर्घटना हुने गरेको वैज्ञानिकहरुको अनुमान छ ।

barmuda-3
अमेरीकी भौगोलिक सर्वेक्षणका अनुसार बुमुडा ट्रैगलको मुनि मिथेन ग्यास भारी मात्रामा उत्पादन हुने र सो विष्फोट अचानक हुने र सो बेलामा आसपासका सबै क्षेत्र प्रभावित हुने गर्दछ । यो विष्फोट हुदा बुलबुले पानीको घनत्व कम भएर जहाज डुब्ने गरेको अनुमान गरिएको छ ।

barmuda-2
अर्को तर्फ सो क्षेत्रमा बादलको सुरुङ नै हुने र यसमा प्लेनको राडारले काम नगर्ने भएकाले प्लेन एक्सीडेन्ट हुने गरेको पनि तर्क गरिएको छ ।
तर कतिपयले लुटेराले जहाज लुट्न सजिलो पार्न यस्तो भ्रम सिर्जना गरेर प्रचार गरेको हुन सक्ने पनि अनुमान गरेका छन् ।
जे भए पनि यो क्षेत्रमा धेरै दुर्घटना हुनु रहस्यमय देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी