सप्तरीको जमुनी टोलमा झाडापखाला फैलियो

सप्तरीको जमुनी टोलमा झाडापखाला फैलियो

  • शुक्रबार, भदौ ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

सप्तरी, भदौ ३१ ।
सप्तरीको जमुनी मधेपुरा २ स्थित जमुनी टोलमा चार दिनदेखि झाडापखाला फैलिएको छ ।

झाडापखालाका कारण हालसम्म ५६ जना प्रभावित भईसकेका छन् । बिरामी हुनेहरुमा अधिकाशं बालबालिका रहेको बताईएको छ ।

शुरुमा बान्ता हुने र पखाला लाग्ने समस्याबाट सर्वसाधारण ग्रसित भएको स्थानीय स्वास्थ्यकर्मी जयकृष्ण गुरमैता यादवले जानकारी दिनुभयो ।

झाडापखाला अनियन्त्रित हुने देखिएपछि सर्वसाधारणमा त्रास फैलिएकाको भन्दै उहाले औषधिसहित चिकित्सकको टोली पठाउन माग गर्नुभएको छ । बिरामीको संख्या बढेपछि स्थानीय शारदा निम्न माध्यमिक विद्यालयमा राखेर सामूहिक उपचार थालिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयबाट स्लाइन पानीसहितको आवश्यक औषधि उपलब्ध गराईए पनि त्यो पर्याप्त हुन नसकेको उपस्वास्थ्य चौकीका प्रमुख क्षत्री साफीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी