खुट्टै नभएका यीनीहरुले चढे सय वटा पहाड ।

खुट्टै नभएका यीनीहरुले चढे सय वटा पहाड ।

  • बिहिबार, भदौ ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

एजेन्सी । संसारमा अनौठा काम गर्ने मानिसहरुको संख्यामा कमी छैन । दुई वटै खुट्टा सग्ला र बलिया हुने मानिसहरु आजभोली चरम सुविधाले गर्दा उकाली ओराली गर्न मन पराउदैनन् र गर्ने पर्ने भए खुई खुई गर्न बाध्य हुन्छन् । तर मान्छेमा ईच्छा शक्ति भए के नहुने रहेछ ?
चीनका एक ११ वर्षे बालक र ३३ वर्षे युवाले दुवै खुट्टा नभए पनि एक सय वटा पहाड चढेर दुनियालाई चकित पारेका छन् ।
११ वर्षे बालक गोउ झिया र ३३ वर्षका युवा झेन झोउ शारीरीक अवस्थाले उस्तै छन् । एउटै ईलाकामा बस्ने उनीहरुले विभिन्न दुर्घटनामा आफ्नो खुट्टा गुमाएका हुन् ।
काठको सानो सानो बाकस बनाएर त्यसैको सहारामा उनीहरुले अहिले सम्म एक सय पडहा चढीसकेको र सात सय शहर घुमि सकेको चीनीया सञ्चारमाध्यमहरुले जनाएका छन् ।
८ वर्षको उमेरमा अनाथ भएका ३३ वर्षे झेनको १३ वर्षको उमेरमा खुट्टा काट्नु परेको थियो । उनले शुरुमा गीत गाएर भीख मागेर खान थालेका थिए । तर अहिले उनी संगीत शिक्षक मात्र छैनन बिहाबारी गरेर छोराछोरी समेत जन्माएका छन् ।
उता कक्षा १० मा पढ्ने झोउको सन् २०१२ मा कार दुर्घटनामा खुट्टा गुमेको थियो ।

khutta-2

khutta-3

khutta-4

khutta-5

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी