अनलाइन मिडियाले सूचनाको पहुँच बढायोः सरकोकारवालाहरु

अनलाइन मिडियाले सूचनाको पहुँच बढायोः सरकोकारवालाहरु

  • आइतवार, साउन ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

७ साउन,काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद डा. रामशरण महतले सोसल मिडियालाई दुरपयोग भइरहेको भन्दै नियन्त्रणका सम्पूर्ण संयन्त्र कमजोर भएको बताएका छन् ।
अनलाइन मिडियाले समेत संचार प्रविधिलाई सही सदुपयोग गर्न नसकेको नेता महतले दाबी गरे । उनले राजधानीको अनामनगरस्थित संवाद डबलीमा आईसीटी पत्रकार विकास मञ्चले ‘बंैकिङ क्षेत्रमा बढ्दो साइबर थ्रेट तथा साइबर सुरक्षाको अवस्था’ विषयक अन्तर्राक्रियामा सो कुरा बताएका छन् ।
राजनीतिक अस्थिरताकै कारण देशभित्र सुरक्षा व्यवस्थालाई समेत असर पुग्नेगरी सामाजिक सञ्जालको उपयोग भइरहेको चिन्ता व्यक्त गर्दै नेता महतले सूचनाप्रविधिको दुरपयोग अनुसन्धान तथा रोक्ने सरकारी संयन्त्र कमजोर हुन नदिन सरकारले ठोस योजना ल्याउनुपर्ने बताए ।
साथै उनले साइबर अपराधीहरुले नगद लाभ लिने दृष्टिले बैंकिङ क्षेत्रलाई बढी निसाना बनाएको भन्दै सबै पक्ष सजग हुनुपर्नेमा जोड दिए । अनलाइन मिडियाले सूचनाको पहुँच बढाएको उनको धारणा छ ।
कार्यक्रममा सांसद रामेश्वर फुयाँलले सुचना प्रविधिको विकाससँगै दुरपयोग बढेको भन्दै चिन्ता व्यक्त गरे ।
पछिल्लो समयमा बैंकिङ क्षेत्रमा साइबर, सूचनाको माध्यमबाट अपराध हुने गरेको बताउँदै यसलाई रोक्न सबै पक्ष लाग्नुपर्ने बताए ।

त्यस्तै नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले देशमा सूचना प्रविधिको विकास तीव्र गतिमा भइरहेको बताउँदै आइटी संचालन सम्बन्धी कानून चाँडै ल्याउनुपर्ने बताए । ‘धेरै पछाडि शुरु भएपनि हामीकहाँ विकास दु्रत गतिका भएको छ । नियमनकारी निकायलाई बलियो बनाउनु आवश्यक छ’ झाले भने ।

प्रेस काउन्सि नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले सामाजिक सञ्जालको प्रयोगले समाजमा फाइदा र बेफाइदा दुवै हुने गरेको बताए । अनलाइन संचारलाई व्यवस्थित काउन्सिलले ठोस रुपमा आचारसंहिता ल्याएको बताउँदै दुरपयोग नियन्त्रणसम्बन्धी संयन्त्रलाई पनि बलियो बनाउनु पर्ने बताए । आइटी प्रयोगलाई कसैले रोक्न र नियन्त्रण गर्न नसकिने भन्दै अध्यक्ष कार्कीले व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै प्राध्यापक इन्जिनियर तिमिला यमीले सुचना प्रविधिलाई गाविस, वडासम्म पुर्याउनु पर्ने बताइन् । साइबर अपराध नहुने देश कहीँ नभएको भन्दै यमीले कानून र यसको कायान्वयन संयन्त्र बलियो बनाएर सर्वसाधारणको पहुँचमा इन्टरनेट जस्ता सुचनप्रविधिलाई सहज प्रयोगको विषय बनाउनुपर्नेमा जोड दिइन् ।

वरिष्ठ पत्रकार प्रेम कैदीले साइबर अपराधलाई अनलाइन संचारलाई मात्र दोष नदेख्न सबैपक्षसँग आग्रह गरेका छन् । सरकारले गर्ने धेरै काम अनलाइन संचार क्षेत्रले गरेको बताए ।
त्यस्तै ग्रिन सिटी अस्पतालका अध्यक्ष एलबी टण्डनले विश्वमा साइबर तथा इन्टरनेट विकास र उपयोगले तीव्रता भएको बताए । सूचनाप्रविधिको दुरपयोगभन्दा उपयोगमा सबैले बढी जोड दिनुपर्ने बताए । सबैको सकारात्मक प्रयोग र सहयोगबाट साइबर थ्रेट र अपराधलाई नियन्त्रण गर्न सकिने अध्यक्ष टण्डनको भनाई छ ।
कार्यक्रममा आईसीटी पत्रकार विकास मञ्चका संस्थापक अध्यक्ष भरतराज उप्रेती, महासचिव मुकुन्द ढुंगानाले साइबर अपराधले सूचनाप्रविधि प्रयोगकर्ताको सुरक्षाप्रति समेत सरकार जिम्मेवार हुन आग्रह गरे । अनलाइन संचारमाध्यमले साइबर अपराधको घटनालाई छिटो पाठकसम्म पुर्याउन सफल भइरहेको बताए ।
समेतअध्यक्ष कार्यक्रममा दस जनाभन्दा व्यक्तित्व सम्मानित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी