काठमाडौं ,२६ असार ।
सरकारी अनुगमन टोलीले आज काठमाण्डौको क्षेत्रपाटीमा रहेका मेडिकलको अनुगमन गरेको छ ।
आपूर्ति मन्त्रालय, आपूर्ति विभाग, वाणिज्य विभाग, औषधि व्यवस्था विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त टोलीले आइतबार क्षेत्रपाटी क्षेत्रका औषधि पसलहरुमा अनुगमन गरेको हो ।
टोलीले पहिलो दिन आज क्षेत्रपाटिका सुगम, एमएच र फेम्जा फर्मास्यूटिकल्समा मात्र अनुगमन गरेको छ ।
अनुगमन टोलीलाई देखेपछि इखा पुखु, रितेश लगायत अधिकांश मेडिकल पसलका सन्चालकहरु सटर बन्द गरेर भागेको जिल्ला प्रशासन कार्यालय काठमाडौंकी अनुगमन अधिकृत शिला सापकोटाले बताउनु भयो ।
उहाका अनुसार अनुगमन टोलीले इखा पुखु मेडिकलमा शिलबन्दी गरेको छ । सटर बन्द गरेर अनुगमनमा असहयोग गरेको भन्दै टालीले पसलहरुमा शिलबन्दी गर्न थालेपछि केहि औषधि व्यावसायीहरुले सटर खोलेका थिए ।
उनीहरुले औषधि व्यावसायी संघमार्फत् अनुगमनमा आउन माग गरेका छन् ।