काठमाण्डौ ,२३ असार ।
स्वास्थ्य मन्त्रालयले अनुशासन उल्लंघन गरेको अभियोगमा आर्थिक वर्ष ०७२/७३ मा ५२ जना कर्मचारीहरुलाई बर्खास्त गरेको छ ।
मन्त्रालयले नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७२ (ख) को उपदफा १ अनुसार भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहर हुनेगरी उनीहरुलाई सेवाबाट बर्खास्त गरेको हो । बर्खास्तमा परेकाहरुमध्ये अधिकांश स्टाफ नर्स पेशामा आवद्ध छन् ।
विना जानकारी ६० दिनभन्दा लामो समय विदामा बसेपछि उनीहरुलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य हुनेगरी कारबाही गरेको उपसचिव बाबुराम गौतमले जानकारी दिनुभयो ।
उक्त व्यवस्थाअनुसार विदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी अनुपस्थित कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर हुने गरी सेवाबाट बर्खास्त गर्न सकिनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline