काठमाडौ ,१९ असार ।
नेपाली सेनाले ओखलडुङगाका पहिरो पिडितका लागि सामुहिक अवास निर्माण गरेको छ । जिल्लाको हर्कपुर गाविसको केराबारी र विलन्दु गाविसको डलिडाँडामा पहिरोबाट विस्थापित भएकाहरुका लागि दुई वटा सामूहिक भवन निर्माण गरेको सेनाले जनाएको छ ।
सरकारको पुनर्निर्माण कार्यक्रम अन्र्तगत ओखलढुंगास्थित समशेरदल गणले सामूहिक आवास निर्माण गरेको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो ।
सेनाले हर्कपुर गाविसको केराबारीमा भूकम्पपछिको पहिरोबाट विस्थापित भएकाका लागि ५० लाखको लागतमा १८ कोठे भवन निर्माण गरी जिल्ला दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरेको छ ।
त्यस्तै विलन्दुको डलिडाँडामा ३२ कोठे भवन निर्माण सकिएको समशेर दल गणले जनाएको छ । एक करोड बढीको लागतमा निर्मित भवन हस्तान्तरण तयारी गरेको सेनाको भनाई छ ।