संचार गृहलाई मर्ज गर्न सकिने नीति आउदै छ : काउन्सिल अध्यक्ष कार्की

संचार गृहलाई मर्ज गर्न सकिने नीति आउदै छ : काउन्सिल अध्यक्ष कार्की

  • बिहिबार, जेष्ठ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 16.4K
    SHARES

प्रेस काउन्सील नेपालका वर्तमान अध्यक्ष बोर्णबहादुर कार्की जन्म धनकुटा जिल्लाको लेगुवा गाविस वडा नं १ छुमलिंगमा भएको थियो । सवोच्र्च अदालतको वरीष्ठ अधिवक्ताका रुपमा नेपालका कानुनी क्षेत्रमा निरन्तर क्रियासिल श्री कार्की संग नेपालको राजनिति, कानुन तथा शान्ति प्रकियाका विषयमा समेत गहन अध्यन, अनुभव रहेको छ । आफना विगतको पृष्ठभुमी पत्रकारिता भन्न रुचाउने श्री कार्की आफना चखिला र समसामयिक राजनितिक लगायतका विषय बस्तुमा आधारित लेखनका लागि चर्चित हुनु हुन्छ । काठमाडौ बाट प्रकाशित हुने मातृभुमी लगायतका पत्रिकामा संवाददाता हुंदै राजधानी पोष्ट लगायतका विविध पत्रिकाका सम्पादक समेत भई सक्नु भएका कार्की पत्रकारिताले सदैव पत्रकारिताको व्यवाबशायिक आचार संहिताको परिधिमा रहेर राष्ट्र र राष्ट्रियताका सवालमा समेत गम्भीर हुंदै सुचना प्रवाह गर्न एउटा पत्रकारको धर्म भएको रहेर्कोे विचार राख्नु हुन्छ । यिनै विषयमा कार्कीसँग मीरा राजभण्डारी अमात्यले गरेको कुराकानी :-

अहिले पत्रपत्रिका वर्गिकरणको कार्य भइरहेको छ, कस्तो छ अवस्था ?

पत्रपत्रिका को वर्गिकरणको आधारमा सरकार बाट प्राप्त हुने लोक कल्याणकरी विज्ञापन प्राप्त गर्ने आधार बन्छ । यसले छापा माध्ययमको गुणस्तर सुध्रिन्छ भन्ने आशा गरिएको थियो । तर अहिलेको वर्गिकरणको परिणामले पनि छापा माध्ययमको गुणस्तरमा खासै प्रभाव पारेको देखिएन
। वर्गिकरणको प्रक्रिया अहिले अन्तिम चरणमा पुगेको छ । परिणाम चाडै आउने छ ।

वर्गिकरणको मापदण्डको आधारमा पत्रपत्रिकाको स्थिति के देखियो ?

प्रेस काउन्सीलले वर्गिकरण गर्दा मापदण्ड तोकेको छ । तर मापदण्ड कडाई साथ लागु गर्ने हो भने धेरै संख्यामा पत्रिकाहरु को वगर््िाकरण मा उतार आउने संभावना प्रचुर छ । मापदण्डमा कमजोर भएका पत्रिकालाई पनि अगाडी बढ्न प्रोत्साहित गर्न विवेक संवत ढंगले वर्गिकरणमा मोलाहिजा अपनाएका छौ । बन्दै हुने अवस्थाका पत्रिका पनि छन् ।

व्यावशायिक आभार संहिताको पालनामा कत्तिको सचेत देखयो त नेपाली संचार माध्ययम ?

व्यावशायिक आचार संहिता भनेको संचार माध्यमलाई शसक्त, सचेत र जिम्मेवार बनाउने हो । यो भिजन पत्रकारमा पनि लागु हुन्छ । यसले संचार माध्ययम र पत्रकार दुवैको गुणस्तर बढाउंछ र सम्बन्धित संचार गृह, संचार माध्ययम र पत्रकार को गुडविल बढाउन र त्यसलाई निरन्तरता दिई दिगो राख्न सहजीकरणको भुमिका समेत निर्वाह गर्छ । यो बुझाई ती निकायलाई नभएको भन्न मिल्दैन तर यसलाई गम्भिर हुन आवश्यक देखिन्छ ।

आचार संहिता प्रति जिम्मेवारी बोध गराउन काउन्सीलले के पहल गरी रहेको छ ?

ऋाचार संहिता पालना का लागि काउन्सीलले जागरण अभियानलाई निरन्तरता दिई रहेको छ । आचार संहिता पालना विरुद्धमा परेका उजुरीमा काउन्सीलले पक्ष र विपक्ष दुवै लाई बोलाएर सहमतिमा ल्याउने, खण्डन छाप्न लगाउने त्यतिले पनि दुवैलाई चित्त नबुझेमा अदालत सम्म पठाउने कामका लागि पनि सहजीकरण गर्ने गरेको छ ।

व्याबशायिक आचार संहिता पालना नहुमा र खास समस्या र कारण के हो ?

यस क्षेत्रमा संलग्न अधिकांस पत्रकार र संचार गृह फुल टाईम वर्कर भन्दा पनि पार्ट टाईम वर्कर बढी छन् । जसले गर्दा पत्रपत्रिका, पत्रकार र संचार गृहको नीति र कार्यान्वयनमा गुणस्तर कायम नरहेको अवस्था हो । त्यसमाथि स्कुप मार्ने होड, आफनो माध्ययमलाई फरक देखाउने होड वाजीले पनि आचार संहिताको पालनामा त्रुति हुने गरेको छ ।

 वर्गिकरणमा कस्ता खाले समस्याहरु देखिएका छन् ?

आचार संहितको पालनमा, कागजको गुणस्तरमा, हुबहु र अति साभार, साभार नगरि संप्रेशन गर्ने जस्ता समस्या हरु प्रमुख रुपमा खेखिएका छन् ।

समस्या समाधानका लागि काउन्सीलको पहल के हुने छ ?

नेपालमा आवश्यक भन्दा बढी संचार गृह छन् । पत्रकारको संख्या पनि बढी छ । जसलाई अहिले देशले धान्न सक्ने अवस्था छैन । अवको संचार नीतिमा मन मिलेका र सहकार्य गर्न इच्छुक र क्षमता रहेका संचार गृहलाई मर्ज गर्न सकिने नीतिका लागि पहल भई रहेको छ । त्यस्तै अवको नीतिमा पत्रकार बन्नका लागि पनि न्युनतम परिक्षा दिनु पर्ने प्रावधान पनि ताकिने छ । यो नियम नयाँका लागि हो । तर पुराना प कारको हकमा भने विशेष खालको व्यवस्था गरिने छ ।

विगतका कानूनी प्रावधान र दण्ड संजाय समय सापेक्ष नभएको जिकिर पनि बारम्बार आई रहेका छन्, के अव काउन्सीलको नीति र कानून हरुमा पनि पुनरावलोकन हुनु पर्ने होईन र ?

हो । अव बन्ने प्रेस काउन्सीलको नीतिहरु र कानुमा पुनरावलोकन हुनै पर्छ , त्यसका लागि काउन्सीलले विगतको व्याबशायिक आचार संहितालाई खारेज नै गरेर अर्को नया आचार संहिता बनाउने क्रममा छ ।
ड्ड मातृभाषि पत्रकारितालाई प्रोत्साहीत गर्न कााउन्सीलको नीति के छ ?

एउटा खुशीकै कुरा हो अन्य भाषिक पत्रकारितामा भन्दा मातृ भाषि पत्रिका हरु आचार संहिता पालनामा गम्भीर देखिएको छ । मातृ भाषिक पत्रकारितालाई प्रोत्सहित गर्न वर्गिकरमा नंम्वर दिने हिसावले निकै संवेदनसिलता अपनाउने गरेको छ । समावेशीकै सवालमा पनि काउन्सीलले महिला सम्पादकको हकमा,मधेसी, दलित आदिवासी जनजातिका सम्पादनमा निक्लेका पत्रपत्रिकालाई प्राथमिकता दिने गरेको छ ।
एउटा सम्पादकले कतिवटा पत्रिका निकाल्न सक्छन् ?

पत्रिका निकाल्नक लागि अहिलेको नीतिमा खासै बन्देज छैन । तर काउन्सील बाट प्राप्त हुने सुविधा भने एउटै पत्रिकाले मात्र लिन पाउने कानुनी प्रावधान छ । तर अव यसमा पनि पुनरावलोकन हुनु पर्ने आवश्यकता छ ।

भाषिक पत्रकारितालाई प्रभावकारी बनाउन के गर्नु पर्ला ?

नेपाालमा बोलिने सवै भाषा हरु राष्ट्रिय हुन । अहिले देशको राष्ट्रियताका सवालमा गम्भीर हुनु पर्ने आवश्यकता देखिएको छ । यस अर्थमा भाषिक पत्रकारिताले सवै नेपालीलाई एक आपसमाजोड्ने पुलको रुपमाकाम गर्न सक्छन् । अपनत्व बढाउनकै लागि पनि एक अर्काको भाषको सम्मान गर्न र ती भाषा बुझन अभिप्रेति गराउन आवश्यक छ । तर्सथ मातृ भाषि पत्रिकाहरुले अन्य भाषिले समेत बुझने वातावरण बनाउन मेरो आग्रह छ । केही पत्रिका ले आफनो मातृ भाषा लगायत खस नेपाली भाषामा समेत एउटै पत्रिकामा संचार सामग्री प्रकाशन गरेको अहिलेको वर्गिकरणमा भेटिएकोे छ,। इसले अन्य भाषिले समेत त्यो भाषा सिक्न सजिलो बनाउने छ ।

मिडिया डेभलोपमेण्ट फण्डले मातृ भाषि पत्रकारिताको विकासको लागि के कस्ता सहुलियत दिएको छ ?

भाषिक पत्रकारिता नै भनेर तोकिएर त खासै सहुलियत छैन । तर पत्रकार हरुलाई पत्रकारिता गर्दा आवश्यक क्यामरा किन्न, ल्यापटप किन्न का लागि खरिद गरिएका वस्तुको मुल्यको २५ प्रतिशत रकम कोन्सीलले व्यहोर्ने गरेको छ । त्यस्तै दुर्गम क्षेत्रमा अफसेट प्रेस खरिद गर्न अ काउन्सीलले ऋण उपलब्ध गराउने काम गर्छ । त्यसको व्याजमापनि १५ प्रतिशत रकम काउन्सीलले तिरी दिन्छ ।

अन्तिममा आफनो केही भनाई ?

पत्रकार हरु राज्यका जिम्मेवार सिपाही र पथ प्रदर्शक हुन । त्यसमा पनि मातृ भाषि पत्रकार हरु आम समुदायको मन मस्तिष्क सम्म आपनो विचार प्रक्षेपण गर्ने क्षमता राख्छन् । तसर्थ यस क्षेत्रको पत्रकारिता राष्ट्रियता, सामाजिक सदभाव र व्यावशायिक आचार संहिताका अन्य क्षेत्रका सवालमा निकै संवेदनसिल रहनु पर्ने आवश्यकता रहन्छ । तसर्थ देशको सामाजिक सदभाव, सार्वभौमिकता र राष्ट्रियताको सवालमा मातृभाषि पत्रकारिता गर्ने प्रत्यक संचार कर्मी, पत्रकार र संचार गृह हरुलाई म आग्रह गर्दछु । कारण पत्रकारिता भनेको समाज र राष्ट्रलाई बलियो र मजबुत बनाउने कडी हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी