अबैध भिओआइपी संचालन गर्ने व्यक्ति पक्राउ

अबैध भिओआइपी संचालन गर्ने व्यक्ति पक्राउ

  • बुधबार, जेष्ठ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, १९ ।  जेठ टोखा नगरपालिका–१३ मिलनटोलस्थित अवैधरुपमा भिओआइपी संचालन गरिरहेको अवस्थामा वाग्लुङ रणसिंह किटेनी गाविस–४ बस्ने ३९ वर्षीय दिलबहादुर बोहरा थापालाई विभिन्न प्रकारका उपकरणसहित प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोले मंगलबार पक्राउ गरेको छ ।
उक्त ठाउँबाट १६ पोर्टको जिएसएम गेटवे २ थान, त्यसको एन्टीना ३२ थान, ल्यापटप २ थान, ब्याट्री २ थान, ईन्भर्टर १ थान, राउटर १ थान, टिपीलिङक वायरलेस स्वीच राउटर १ थान, एनटिसी वाइमेक्स १ थान, एनटीसी तथा एनसेलका सिमकार्ड १ सय थान, तिनका सिम होल्डर ८६ थान र विभिन्न कम्पनीका डाटा मोडेम ७ थान प्रहरीले बरामद गरेको छ ।
आवश्यक कानुनी प्रकृया अगाडि बढाई यस सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी