काठमाडौँ,१४ जेठ । कालिमाटीस्थित क्यामेलियाउच्चमाविले शनिबार निःशुल्क स्वास्थ्यशिविर आयोजना गरेको छ । शिविरमाविशेषज्ञ डाक्टरहरुबाट पाँचसयजनाको स्वास्थ्य परीक्षण गरी औषधिवितरण गरिएको छ ।
गणतन्त्र दिवसकाअवसरमाआयोजित शिविरमा बालरोग विशेषज्ञ डा.सुचरिता तुलाधर, नाक,कान,घाँटी रोग विशेषज्ञ डा.प्रियङ्का गुप्ता,स्त्रीरोग विशेषज्ञ डा. प्रगतिकार्की र जनरल फिजिसियन डा.निमेश पौडेलले स्वास्थ्य परीक्षण गरेका थिए ।
ब्लुक्रस हस्पिटल र स्थानीय ज्ञानतीर्थ संरक्षण समाजसँगको सहकार्यमा सञ्चालितशिविरको उद्घाटन काठमाडौँ क्षेत्र नं.९ का सांसद ध्यानगोविन्द रञ्जितले गरेकाथिए ।कार्यक्रम संरक्षण समाजकाअध्यक्षविनोद ढुङ्गेलको सभापतित्वमा सम्पन्न भएको थियो ।
सर्वसाधारणको स्वास्थ्य समस्या समाधान गरी समुदायको जनस्वास्थ्यस्तर उकास्नकार्यक्रम आयोजना गरिएको विद्यालयकाप्रशासकीयप्रमुख रुद्र अधिकारीले बताए ।
