चीनीया कम्पनीयले ल्यायो फोल्ड गर्न मिल्ने स्मार्ट फोन

चीनीया कम्पनीयले ल्यायो फोल्ड गर्न मिल्ने स्मार्ट फोन

  • आइतवार, जेष्ठ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

विश्वकै पहिलो ग्राफिइनयुक्त पट्याउन मिल्ने स्मार्टफोन बजारमा आउने भएको छ। चिनियाँ कम्पनी मोक्सीले यस्तो लचिलो स्क्रिन भएको स्मार्टफोन विकास गरेको हो। सुरुमा एक लाख सेट चिनियाँ बजारमा पठाउने तयारी गरिएको छ।
ग्राफिइनको विकासमा वेलायतको महत्वपूर्ण भूमिका रहे पनि व्यवसायिक हिसाबले स्मार्टफोनमा यसको प्रयोग हुन सकेको थिएन। लचिलो स्क्रिन विकास गर्न नोवेल पुरस्कार विजेता सामग्री ग्राफिइन प्रयोग हुनु यो स्मार्टफोनको मुख्य विशेषता हो। ग्रफाइनकै कारण स्मार्टफोन पट्याउन मिल्ने भएको हो।

यो चमत्कारिक स्मार्टफोन एकदमै पातलो र बलियो एटमको मिश्रणबाट निर्माण गरिएको छ। त्यो एटम फलाम भन्दा २०० गुणा बढी बलियो छ।

स्मार्टफोन निर्माता चिनियाँ कम्पनी मोक्सीले एक लाख सेट बजारमा पठाउँदैछ। यसको मूल्य ७७६ अमेरिकी डलर पर्नेछ। सुरुमा कम्पनीले सामान्य ब्लाक एन्ड ह्वाइट कलरको स्क्रिन निकाल्ने जनाएको छ। पछि अन्य कलरमा उपलब्ध गराउने बताइएको छ। यो फोनको विकासमा चीनमा भर्खरै व्यवसाय थालनी गरेको मोक्सी समूह संलग्न छ।

मोक्सी अमेरिकी कम्पनी एप्पल र कोरियाली सामसङभन्दा एक कदम अगाडि बढेको छ। विश्वको स्मार्टफोन बजारको ठूलो हिस्सा ओगट्ने दुवै कम्पनीले अहिलेसम्म लचिलो स्मार्टफोन निर्माण गर्न सकेका छैनन्। मोक्सीको घोषणासँगै उनीहरुमाथि ग्राफिइन प्रविधि स्वीकार्न दवाब बढेको छ।

मोक्सीको ग्राफिइनयुक्त स्मार्टफोन ५.२ इञ्चको हुनेछ भने यसको तौल २०० ग्राम हुनेछ। यसलाई ब्रासलेटजस्तै फोल्डगरी हातमा लगाउन मिल्नेछ।

यसको टच स्क्रिनलाई जब क्रुल अप गरिनेछ तब यसले काम गर्नेछ। अरु स्मार्टफोन जस्तै आकारमा पनि यसले काम गर्नेछ।

मोक्सीका उपाध्यक्ष चोङसेङ युउले श्याम श्वेत फोन बनाउन सजिलो भएको उल्लेख गरेका छन्। चीनभन्दा बाहिरबाट माग भएको खण्डमा कम्पनीले तयारी गर्ने उनको योजना छ। सुरुमा फोल्ड गर्न मिल्ने स्क्रिन भएको स्मार्टफोन बजारमा जानेछ। यसमा अमेजनको किन्डल जस्तै इलिङ्कको प्रयोग गरिएको छ।

अहिले स्मार्टफोन निर्माणमा प्रयोग भएको ग्राफिइन कार्बनको एक एटोमिक लेयर हो। यो ह्याक्सागनल नेटवोर्क बलियो घेराले बनेको हुन्छ। यसले सेमिकन्डक्टर, सेन्सर र डिस्प्ले टक्नोलोजीको परिवर्तन गर्ने क्षमता राख्छ। त्यति मात्र होइन यसले फन्डामेन्टल क्वान्टम फिजिकल अनुसन्धानमा छलाङ लगाउने काम गरेको छ।
वैज्ञानिकहरुको विश्वास छ कि भविष्यमा एक दिन यसको प्रयोग टन्सप्यारेन्ट कन्डकटिङ्ग मेटेरियल, बायोमेडिकल सेन्सर र एकदमै हलुका तर बलियो एयर क्राफ्टमा प्रयोग गर्न सकिनेछ। अर्को महत्वपूर्ण कुरा भनेको नानो मेटेरियल कार्बन नानो ट्युव फलामभन्दा २०० गुना बलियो हुन्छ।

ग्राफिइन पहिलो पटक सन् २००४ मा युनिर्भसिटि अफ म्यानचेस्टरका दुई वैज्ञानिकहरुले प्रयोगमा ल्याएका थिए। त्यसका लागि उनीहरुलाई पछि नोवल पुरस्कार पाएका थिए। ती वैज्ञानिकहरु प्रोफेसर एण्ड्रीउ जिम र कोस्टिया नोभोसिलोभ हुन्।

ग्राफिइन लचिलो स्क्रिनको विकास, यसको एयरक्राफ्ट, सुपर इफेक्टि सोलार प्यानल तथा मेडिकल सामग्रीका साथै कन्डम निर्माणमा पन िप्रयोग भएको छ। स्मार्टफोनमा यसको प्रयोग भएको समाचार थाहा पाएर दुवै वैज्ञानिक प्रशन्न छन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी