मलेसियामा रेडफोर्स सेक्युरिटी कम्पनिमा नेपालिको बिजोग

मलेसियामा रेडफोर्स सेक्युरिटी कम्पनिमा नेपालिको बिजोग

  • शुक्रबार, बैशाख ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

मलेसिया,३१ बैशाख।
दिनानु दिन घटिरहेको नेपालीहरुको जनसंख्यामा नेपाली हरु माथी सम्मान हुनुको सट्टा मलेसियाको जोहोरबारुमा शाखा रहेको रेडफोर्स सेक्युरिटी कम्पनिले नेपालिको बिजोग बनाएको छ।
नेपालको मेनपावर कम्पनी बुद्ध भिजन ओभर्सिज गोङ्गबु र वल्ड भिजन ओभर्सिज लाई १लाख ९० हजार देखि २ लाख ३० हजार सम्म तिरेर आएका रेडफोर्स सेक्युरिटी SDN BHD कम्पनी पहिला केही राम्रो भए पनि पछि आएर समस्या उत्पन्न भएको छ।
हाल कम्पनिले पासपोर्ट भिसा सकिए पनि भिसा लगाको फोटोकपि ४,५ महिना हुदा पनि नदिएको बिरामी हुदा हस्पिटल नलगेको आफै जान्छु भन्दा पनि आवश्यक कागतपत्र नदिएको, फेब्रुअरी बाट झनै तलब नदिएको कम्पेन गरिस भने मारिदिने जे गर्छस गर भनेर धम्की दिएको हाल होस्टेलको पानी सबै बन्द गरिदिएको र कम्पनिमा काम नगरे होस्टेलमा ताला लगाइदिने भने पछि आफू हरु तनाबमा परेको पीडितहरु बताउछन ।
बारम्बार कम्पनि बोस( अल्बि फोन 0162564943)लाइ साथै नेपालको मेनपावरलाई जानकारी गराउदा पनि कुनै सुनुवाइ नभए पछि आफुहरु काम बन्द गर्न बाध्य भएको र काम बन्द गरेपछी झन तनाब दिएको आफुहरुले फेब्रुअरी महिनाको काम गरेको तलब १९७३ पाउनु पर्नेमा १५०० मात्र पाएको बाकी ४७३ अर्को महिनामा दिने भने पनि नदिएको उल्टै सबै तलब रोकि दिएको र हाल सम्म २ महिनाको एक रिग्नेट पनि तलब नपाएकोले आफुहरुको बिचल्ली परि मलेसियामा श्रमिक हितमा काम गर्दै आएको जन प्रगतिशील मञ्चमा उजुरी दिइको जानकारी दिनुभयो।
हाल उद्दारको पहलमा रहेका पीडितहरु दूतावास जाने प्रक्रियामा रहेका छन। २६ जना नेपालि कामदारको टोलिलाई हाल आएर बिचल्ली बनाएको छ।
१६०० आर यम को एग्रीमेन्ट गरेर आएका मनोज लामा, भक्त बहादुर, चन्द्र बहादुर गुरुङ, दुर्गा बाबू अधिकारी, नरबिर ओलि, मन बहादुर थापा, राजेन्द्र खवाल,सुनिल कुमार लिम्बू, पशुपति कार्की, मनिराम राना मगर,तिलक खत्री, सेर बहादुर सिङ, तेस बहादुर सिङ, भ्रम बहादुर मल्ल,सेर बहादुर दर्लामी, बिष्णु घर्ती मगर, प्रल्हाद के सी, बिमल आले मगर, देब मान खत्री,भुवन कुमार,इन्द्र प्रसाद न्यौपाने, संचार सिङ, लालबिर भण्डारी, पन्चबिर तामाङ र राजकुमार लिम्बू रहेका छन भने अरु नाम उल्लेखित नभएका साथीहरू कम्पन छाडि बाहिर निस्किसकेको कम्पनिका पीडित मान बहादुर थापाले जानाकारी गराउनु भयो।
पीडित नेपाली हरुको एउटै भनाइ छ हामी जसरी भए पनि नेपाल फर्कन चाहन्छौ ।बरु हामी नेपालमै कोदालो खन्न तयार छौ तर अब हामिलाइ गुलिया कुरा गरेर कम्पनी फर्कनु छैन।अब यो कम्पनिको कुनै भबिस्य देखिएको पनि छैन।सेक्युरिटी गार्डमा एकाधिकार कायम राख्दै आएका नेपाली हरुमाथी दिन प्रतिदिन समस्या आउन थालेपछी अहिले सेक्युरिटी गार्डमा आउने मानिस हरु प्राय ठप्प जस्तै छन।
पहिला पनि यो कम्पनीको समस्या आएको हो बिचमा केही ठिक भयो हाल आएर त्यो भन्दा पनि नाजुक रहेको पनि पीडितले जानाकारी दिनु भयो। उनिहरु भन्छन हामिलाइ हाम्रो दुई महिनाको तलब र पासपोर्ट उपलब्ध गराइ सकुशल घर फिर्ता गराइ दिन जन प्रगतिशील मञ्च र दूतावास समक्ष अनुरोध पनि गरेका छन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी