पुरुषमा बढी हुन्छ यौनाङ्ग आकारको चिन्ता

पुरुषमा बढी हुन्छ यौनाङ्ग आकारको चिन्ता

  • मङ्लबार, बैशाख २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

महिलाहरु पुरुषको लिंगकोआकारभन्दा व्यक्तित्वमा बढी आकर्षित हुने गरेको एक अध्ययनले देखाएको छ । तर, पुरुष स्वयम् भने लिंगको आकारप्रति बढी चिन्तित हुने गरेको पाइएको छ । यो तथ्य बेलायतबाट प्रकाशित हुने युरोलोजी जर्नलमा प्रकाशित गरिएको छ ।

बेलायतको रोयल हालमशायर अस्पतालका डा. केभन वाइलिकाअनुसार पुरुषले ठुलो लिंग भएमा यौनप्रति आत्मविश्वास बढ्ने विश्वास राख्छन् भने महिलाहरुमा ठुलो या सानो आकारले कुनै असर गर्दैन । अध्ययनमा क्रममा ११ हजार ५ सय ३१ जनाको लिंगको आकारको नाप लिइएको थियो । त्यसक्रममा उत्तेजित लिंगको लम्बाई १४ देखि १६ सेन्टिमिटरसम्म रहेको पाइएको थियो । अध्ययनका क्रममा टोलीले लिंगको आकार बढाउन प्रयोग गरिएका विभिन्न अनौठा परम्पराबारे पनि जानकारी लिएका थिए । त्यसमध्ये ब्राजिलको टोपिनामा जाति एक थियो । ती समुदायले लिंगको आकार बढाउन ६ महिनासम्म विषालु सर्पले टोकाएर राख्ने गरेको पाइएको थियो । यस्तै, भारतीय साधुहरुले आकार बढाउन लिंगले ग¥हुंगो तौल उठाउने अभ्यास गर्छन् । यस्तै, बोर्नियोका मानिसले आफ्नो यौन साथीलाई उत्तेजित बनाउन लिंगमा प्वालपारी विभिन्न चिज राख्ने गर्छन् ।

अध्ययनका क्रममा ५० हजार महिलातथा पुरुषलाई पनि समावेश गरिएकोथियो । तीमध्ये ६६ प्रतिशत पुरुषले आफ्नो लिंगकोआकार सामान्य साइजकोभएको बताएका थिए भने २२प्रतिशतले ठुलो र १२ प्रतिशतले सानोभएको बताएका थिए । ८५ प्रतिशत महिलाहरुले आफ्नो यौन साथीको लिंगको आकारबाट सन्तुष्ट रहेकोबताएका थिए भने ५५ प्रतिशत महिलामात्रले आफूहरु सन्तुष्ट रहेको बताएका थिए ।
अर्को एकअध्ययनमा भने ९० प्रतिशत महिलाले लामोलिंग आफ्नोप्राथमिकता रहेको बताएका थिए । महिलाहरुले पुरुष आकर्षणपनि निकै जटिल कुरा भएको बताउदैं लिंगको आकार महत्वपूर्ण नरहेको बताएका थिए ।-स्वास्थ्य खबरपत्रिकाबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी