महिनावारी हुदाँ यी कुराहरु नखानुस्

महिनावारी हुदाँ यी कुराहरु नखानुस्

  • मङ्लबार, बैशाख २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 19.8K
    SHARES

महिनाबारीका समयमा अधिकांश महिलाहरुको महिनावारीको गडवडी र महिनावारीको समयमा हुदा हामीले खानेकुरामा पनि विशेष ध्यान पुर्याउन जरुरी छ ।
महिनावारीको अनियमितता , दुखाई, थकान, चिडचिडापन आदि हुनुमा खानेकुराको पनि भूमिका हुन्छ । त्यसैले महिनावारीको समयमा तपाइको शरिरलाई हानी गर्ने यी खानेकुराबाट जोगिनुस र यी खानेकुराहरु महिनावारीको समयमा भूलेर पनि नखानुस ।

१) कफी स् महिनावारी नियमित नहुने समस्या छ भने कफि नपिउनु राम्रो हुन्छ ।कफिले महिनावारीको नियमित चक्रमा प्रभाव पार्छ । कफिमा पाइने क्याफिन यसको कारक तत्व हो ।

२) बोसो युक्त मासुहरु स् महिनावारीको समयमा पोल्ने, चिडचिडापन महसुस हुने समस्या छ भने मासु खाँदै नखानु राम्रो हुन्छ । मासु खानै पर्ने अवस्थामा कम बोसो भएका वा माछा जन्य खानेकुरा खानु उपयुक्त हुन्छ ।

३) प्याकिङ गरिएका खानेकुरा स् महिनावारी भएको समयमा बजारमा पाइने प्याकिङ गरिएका खानेकुरा जस्तै केक, पाउरोटी, क्रिम रोल आदि नखादा स्वास्थ्यलाई फाइदा पुग्छ । यी खानेकुराको सट्टामा फाइबरको मात्र बढी भएको रोटि खाने गर्नु उत्तम हुन्छ ।

४। चिनीजन्य खानेकुरा स् महिनावारीको समयमा केक कुकिज क्यान्डी जस्ता चिनीजन्य खानेकुरा कम खानु पर्छ। गुलियो पदार्थ नै खाने इच्छा भयो भने फलफूल खानु उपयुक्त हुन्छ । चिनीको मात्र बढी भएका खानेकुराले महिनावारी चक्रमा समेत प्रभाव पर्ने गर्छ । दुखाई बढ्नुका साथै, लामो समय पिडा दिन सक्ने हुन्छ ।

५) आइसक्रिम स् क्रिम र चिज डेरी उत्पादन सबैलाई मन पर्छ । मन पर्ने कुरा छोड्ने चाहना कसलाई हुन्छ र आइसक्रिम, क्रिम र चिज जस्ता डेरी उत्पादनमा हुने चिल्लो पदार्थ महिनावारीको समयमा खादै नखानु वा कम खानु राम्रो हुन्छ। अधिक मात्रामा चिनी पाइने खानेकुरा फाइदाजनक नहुन सक्छन।

६) प्रशोधन गरिएका खानेकुराहरु स् सजिलो र सुविधाजनक भएता पनि महिनावारीका समयमा स्वादकै निम्ति भनेर प्याकेटमा राखिएका प्रोशोधित खानेकुरा जस्तै चिप्स, चीजबल्स आदि खानु उपयुक्त हुँदैन ।यस्ता खानेकुरा मध्ये पनि अधिकमात्रामा नुनको प्रयोग भएको छ भने त्यसबाट टाढा रहनुहोस । साथै सोडियमको मात्रा बढी भएको खाना पनि महिनावारीको समयमा कम खानु उपयुक्त हुन्छ ।एजेन्सीबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी