पोलियो बिरुद्धको नयाँ खोप बिओपिभी दिईने

पोलियो बिरुद्धको नयाँ खोप बिओपिभी दिईने

  • आइतवार, बैशाख ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ ,५ वैशाख ।

सरकारले आजदेखि देशभर पोलियो विरुद्धको नयाँ खोप बिओपिभी दिने भएको छ ।
बालस्वास्थ्य महाशाखा अन्तर्गतको खोप शाखाका अनुसार आजदेखि देशभरका खोप केन्द्रले पोलियो विरुद्धको पुरानो खोप टिओपिभीको सट्टा नयाँ बिओपीभी खोप दिने भएको हो ।

टिओपिभीको साटो बिओपिभी खोपलाई नियमित कार्यक्रममा राखिएको जानकारी दिदै खोप शाखा प्रमुख मुुकन्द गौतमले यो खोप बालबालिकालाई तीन पटक दिनुपर्ने बताउनु भयो ।

जन्मेको पहिलो ६ हप्ता, त्यसपछि १० हप्ता र १४ हप्तामा बिओपिभी खोप दिनु पर्ने खोप शाखा प्रमुख गौतमले बताउनुभयो । राष्ट्रिय खोप तालिकाअनुसार यो खोप सबै क्षेत्र र ठाउँमा समेट्ने गरि १६ हजार केन्द्रबाट दिइने छ ।

यो खोप देशका सबै क्षेत्रमा पु¥याउन सरकारले २ महिनादेखि तयारी गर्दै आएको थियो । यस्तै पुरानो खोपलाई अबको दुई हप्ताभित्र सबै क्षेत्रबाट संकलन गरिसक्ने बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी