धेरै व्यक्तिमा युरिक एसिड र वाथको समस्या

धेरै व्यक्तिमा युरिक एसिड र वाथको समस्या

  • शुक्रबार, चैत्र २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

चैत्र, २६ जावलाखेल । उच्च प्रोटिनयुक्त खाना र मदिराको नियमित सेवनका कारण धेरै जसो व्यक्तिमा युरिक एशिड र बाथ रोगको समस्या देखिएको छ ।
ललितपुरस्थित अल्का अस्पतालले आयोजना गरेको निशुल्क बाथ रोगसम्वन्धी शिबिरमा सहभागी झण्डै ६ सय बिरामीको स्वास्थ्य परीक्षण गर्दा अधिकांसमा युरिक एशिडको समस्या देखिएको हो ।
उनीहरु मध्ये अधिकांसले उच्च प्रोटिनयुक्त खाना खाने गरेको र कतिपयले नियमित मदिरा सेवन गर्ने गरेको बताएको उपचार संलग्न बाथरोग बिशेषज्ञ डा. अरुण गुप्ताले बताए ।
विगतमा आवश्यकता भन्दा बढी शारिरीक व्याम गरेका र उचाई अनुसार तौल कायम हुन नसकेका व्यक्तिहरुमा पनि युरिक एशिड र बाथको समस्या देखिएको डा. गुप्ताले बताए ।
शिबिरमा धेरै जसो हड्डी खिएर हुने बाथ, कम्मर दुख्ने, घु“डाका जोर्निहरु दुख्ने बाथका बिरामी सहभागी भएका थिए ।
परीक्ष्ँणमा संलग्न कपितय बालबालिकामा समेत बाथको समस्या देखिएको थियो । कपाल झर्ने र हात मुखमा घा“उ हुने जस्ता बाथका बिरामी समेत शिबिरमा सहभागी भएका थिए ।
प्राम्भिक चरणमा बाथ रोगसम्बन्धी जानकारी नभएकै कारण उपचार प्रक्रियामा आउन ढिलाई हु“दा कतिपय बिरामीमा बाथको गम्भिर समस्था देखा परेको बाथरोग बिशेषज्ञ डा.गुप्ताले बताए ।
त्यस्ता बिरामीको हात खुट्टा कुज्जिएको पाइएको थियो । ५ दिनसम्म चलेको निशुल्क शिबिरमा सहभागी बिरामीलाई आवश्यक ल्याव परीक्षण र औषधी समेत निशुल्क बितरण गरिएको अस्पतालका अध्यक्ष कुमार थापाले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी