डा. महतको ग्रान्डिमा शल्यक्रिया

डा. महतको ग्रान्डिमा शल्यक्रिया

  • आइतवार, चैत्र २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

२१,चैत २०७२ /आफ्नै घरमा लडेर घाइते हुनुभएका नेपाली काँग्रेसका नेता तथा पुर्ब अर्थमन्त्री डा.रामशरण महतको कुर्कुच्चाको जोर्नीको शल्यक्रिया गरिएको छ ।
ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर समेत रहनुभएका अर्थोपेडिक सर्जन डाक्टर चक्रराज पाण्डे नेतृत्वको डाक्टरहरुको टिमले शुक्रबार बिहान डा. महतको कुर्कुच्चाको सफल शल्यक्रिया गरेको हो ।

डा महतको कुर्कुच्चाको जोर्नी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उहाँको उपचारमा संलग्न रहनुभएका अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेले जानकारी दिनु भयो ।

उहाँको पुर्ण सुस्वास्थ्यको अपेक्षा गरिएको र फिजिकल थेरापिकालागि थप केहि दिन अस्पतालमै राख्नुपर्ने डा. पाण्डेले बताउनु भएको छ ।  गत १७ गते बुधबार अपरान्ह आफ्नै घरको भर्याङबाट लडेर बायाँ गोडामा चोट लागेपछि उहाँलाई तत्काल धापासी स्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल ल्याइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी