रेडियो नेपालमा ग्राण्डी इन्टरनेशनल अस्पतालको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

रेडियो नेपालमा ग्राण्डी इन्टरनेशनल अस्पतालको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • सोमवार, चैत्र १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौ, चैत्र, १५ । रेडियो नेपालको ६६ औं वार्षिकउत्सवको अवसरमा रेडियो नेपाल कर्मचारी संघले ग्राण्डी इन्टरनेशनल अस्पतालको सहकार्यमा आज निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

कार्यक्रममा सुचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाले स्वस्थ मर्यादित र सक्षम कर्मचारीबाट मात्रै संस्थाले उद्देश्य प्राप्ती गर्न सक्ने बताउनुभयो । उहाँले नीजि क्षेत्रका स्वास्थ्य संस्थाहरुले जनताप्रतिको उत्तरदायित्वलाई पहिलो प्राथमिकतामा राख्न अनुरोध पनि गर्नु भयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक शुरेस कुमार कार्कीले कर्मचारीको स्वास्थप्रति पनि संस्थाको दायीत्व रहने विषयमा व्यवस्थापन सजग रहनुपर्ने बताउनुभयो । कार्यक्रममा रेडियो नेपाल कर्मचारी संघका अधयक्ष चेत नारायण पौडेलले निशुल्क स्वास्थ्य शिविर बारे चर्चा गर्नुभएको थियो ।

रेडियो नेपालमा सञ्चालित एक दिने निशुल्क शिविरमा ग्राण्डी इन्टरनेशनल अस्पतालका बरिष््ठ मृगौला रोग बिशेषज्ञ डा.बिष्णु पहारी नेतृत्वको टोलीले रेडियो नेपाल , नेपाल टेलिभिजनका कर्मचारीहरु सँगै नेपाली सेना, नेपाल प्रहरी र बिभिन्न मन्त्रालयका गरी ३०० जना भन्दा बढी कर्मचारीको मृगौला रोग, मधुमेह र रक्तचाप परिक्षण गरेको थियो ।

शिविरको सूचना तथा सञ्चार मन्त्रालयका सचिव एंव रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष दिनेश थपलियाले उद्घाटन गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी