४० वर्ष पुग्नु भयो ? ख्याल गर्नुस् धेरै रोग त्यस पछि लाग्छ

४० वर्ष पुग्नु भयो ? ख्याल गर्नुस् धेरै रोग त्यस पछि लाग्छ

  • आइतवार, चैत्र १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

श्वास्थ्य डेस्क / भनिन्छ श्वास्थ्य नै ठूलो धन हो । हामीलाई टिन एज कटे पछि विस्तारै काम, जागिर कमाई , प्रेम , बिवाह , सन्तान जस्ता धेरै कुराहरुको तनाव र उत्साहजनक अवस्था हुदै जान्छ । यसले गर्दा उमेर बढ्दै जादा विभिन्न श्वास्थ्य समस्याहरु बढ्न थाल्दछन् ।

त्यस मध्य पनि ४० माथि लाग्नु र त्यो भन्दा मुनि बस्नुमा तपाईको चिन्ता र रोग लाग्ने संभावना उत्तिनै बढ्ने खतरा हुन्छ । बेलायतमा हालै गरिएको एउटा अनुसन्धानले ४० वर्षको उमेरमा श्वास्थ्य परीक्षण जरुर गर्न सुझाव दिएको छ ।

मुटुको धड्कन बढ्ने, रक्तचाप बढ्ने, स्ट्रोक हुने जस्ता खतराहरु ३० देखि ४० वर्षको उमेरका मानिसहरुमा बढ्दै गएको देखिएको छ । हामी जति धेरै जंक फुड खान्छौ त्यतिनै रगतमा खराबीहरु जम्मा हुने र पछि स्ट्रोक हुने संभावना हुन्छ । रक्तचाप र कोलेस्टोरोल नियन्त्रण गर्न पनि आवस्यक रहेकोमा विषेशज्ञहरुले सुझाव दिएका छन् ।

डा. माईक कैप्टनले जंक फुड र गलत तरीकाको जीवन शैलीले यस्तो समस्या ल्याएको र महिला तथा पुरुषहरुमा देखिदै गएको यो समस्या चिन्ताको विषय भएको बताउनु भयो । नियमित व्यायाम, श्वस्थ्य खानपान मानसिक चिन्ता कम गर्नु आदि नै यो रोग लाग्नबाट बच्न सक्ने उपाय हो ।

यो पनि पढ्नुस आफ्नो श्वास्थ्य हितका लागि 

१. कुनै पनि भागको निरन्तर दुखाई
तपाईको शरीरको कुनै पनि भाग या अंग निरन्तर दुखिरहन्छ भने यसलाई हेलचेक्याई नगरी डाक्टरसग‘ जाच गरी परामर्श लिनुहोस् । यस्तो निरन्तर दुखाई क्यान्सरको लक्षण हुन सक्छ । अझ महिलाहरुको स्तन वरिपरि कुनै पनि बदलाव आएमा अझ छिटो परामर्श गर्नु आवस्यक छ । स्तनक्यान्सर शुरुवाती चरणमा पहिचान गर्न गाह्रो हुन सक्छ ।

२. निरन्तर ज्वरो आउदा
तपाईलाई निरन्तर ज्वरो आईरहन्छ भने पनि त्यो क्यान्सरको लक्षण हुन सक्छ । क्यान्सरको विकासका चरणहरुमा ज्वरो तलमाथि भएर आईरहन सक्छ ।

३. एकाएक तौल घट्नु
७ देखि ११ दिन भित्र अचानक शरीरको तौल १० प्रतिशत भन्दा कम भयो भने पनि चिन्ताको विषय हुन सक्छ । अझ शारीरीक श्रम कम गर्ने मानिसको तौल घटेमा तुरुन्त चेकअप गराईहाल्नुस् ।
४. सधै थाक्नु

हर हमेसा तपाईलाई थकाई मात्रै लाग्छ , कमजोरी महसुस हुन्छ र छालामा बदलाव आउछ भने त्यो पनि क्यान्सरको लक्षण हुन सक्छ तुरुन्त श्वास्थ्य परीक्षण गर्नु आवस्यक छ । चुरोट खैनी खानेहरुले अझ बढी यसमा ध्यान दिनु आवस्यक छ ।

५. तनाव बढ्नु

तपाई धेरै तनावमा रहने गर्नु भएको छ र तपाईको दिशाको रंग बदलिएको छ वा पिशाव पनि कालो कालो खालको भएको छ भने तुरुन्त डाक्टरलाई भेट्नु आवस्यक छ । आजभोली व्यस्त जीवन शैलीका कारण पनि मानिसमा तनाव बढेको छ जसले डिप्रेसन जस्ता समस्या बढाउदै अन्य समस्या र क्यान्सर सम्म पनि निम्त्याएको देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी